२१ जिल्लाको वडा अधिवेशन नै अड्कियो

काठमाडौं: क्रियाशील सदस्यताको विवाद नसुल्झिँदा कांग्रेसको २१ जिल्लाको वडाअधिवेशन कहिले हुने टुंगो छैन । निर्वाचन समितिले सदस्यता सार्वजनिक गरेका ५६ जिल्लामा वडा अधिवेशन भइरहेका छन् । शीर्ष नेतृत्व तहबाटै २१ जिल्लाको क्रियाशील सदस्यताको विवाद नमिल्दा निर्वाचन समितिले नामावली पाएको छैन ।

कांग्रेसले ७७ वटै जिल्लाका ६ हजार ७ सय ४३ वटा वडामा भदौ १८ गते वडाअधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । आइतबार साँझसम्म ४३ वटा जिल्लाको मात्रै अधिवेशन सम्पन्न भएको छ । २१ जिल्लाका सदस्यको सूचीबारे शीर्ष नेताहरूबीच छलफल भइरहेकाले सूची सार्वजनिक हुन नसकेको निर्वाचन समिति सदस्य तेजप्रसाद रावलले बताए । उनले भने, ‘हामीलाई आएको सूचनाअनुसार २७ गतेभित्रमा ती जिल्लाको पनि सूची सार्वजनिक गरेर वडा तहको चुनाव सम्पन्न हुन्छ ।’

रावलका अनुसार ५६ जिल्लामा निर्वाचन अधिकृत तोकेर क्रियाशील सदस्यताको विवरण पठाइएको छ । ‘५६ जिल्लामा २३ भदौभित्रै वडा अधिवेशन सकिन्छ । बाँकी २१ जिल्लामा भने अब २७ गतेसम्म समय लाग्न सक्छ,’ रावलले भने ।

अरू दलबाट समायोजन भएर आएकालाई सदस्यता दिने मापदण्डका विषयमा २१ जिल्लाको सदस्यता सूची अड्केको नेताहरू बताउँछन् । ‘पहिले समायोजन हुँदा र अहिले आएका नाम मूल सूचीमा भिडाएर हेर्ने हुँदा समय लागेको हो,’ डा. मीनेन्द्र रिजालले भने, ‘अब समय लाग्दैन । एक-दुई दिनमा सूची सार्वजनिक हुन्छ ।’ क्रियाशील सदस्यताको समस्या सबैभन्दा बढी प्रदेश २ का आठवटा जिल्लामा देखिएको हो ।

प्रदेश १ मा मोरङको सदस्यता सूची सार्वजनिक भएको छैन । प्रदेश २ का सप्तरी, सिराहा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा गरी आठवटै जिल्ला, बागमती प्रदेशका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं र रसुवा गरी चार जिल्ला र लुम्बिनी प्रदेशका कपिलवस्तु, बाँके र बर्दियाको क्रियाशील सदस्यताको सूची सार्वजनिक हुन सकेको छैन ।

त्यस्तै, कर्णाली प्रदेशका डोल्पा र सुर्खेत, सुदूरपश्चिम प्रदेशका बाजुरा, डडेलधुरा र कैलालीको पनि सदस्यता सार्वजनिक भएको छैन । यसअघि कांग्रेसले १० भदौमा ३८ जिल्ला, ११ भदौमा १० जिल्ला र १२ गते पाँच जिल्लाको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको थियो । २१ जिल्लाको क्रियाशील सदस्यता मिलाउन कृष्णप्रसाद सिटौला, रमेश लेखक र डा. रिजाल सक्रिय छन् । उनीहरूबीच आइतबार पनि छलफल भएको थियो ।

कांग्रेसले ७ सय ५३ वटा पालिका तहमा भने २७ भदौका लागि अधिवेशन तोकेको छ । निर्धारित कार्यतालिकाअनुसार प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने मिति सार्वजनिक गरेको छ । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिकदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा निर्धारण गरिएको छ ।,याे समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top