थुनुवाको मृत्युपछि आशंकाको घेरामा मोरङ प्रहरी, छानविन समिति गठन

२१ भदौ, विराटनगर ।
लागू औषध गाँजासहित पक्राउ परेका विराटनगर–११ का भीम कामतको हिरासतमा मृत्यु भएको घटनामा छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति गठन भएको छ । सोमबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको उपस्थितिमा, जिल्ला प्रहरी कार्यालयका अधिकारी, स्थानीय सहित बसेकोे बैठकले सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको नेतृत्वमा पाँच सदस्य छानविन समिति गठन गरेको हो ।

समितिमा १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिएसपी, विराटनगर महानगरपालिका ११ का वडाअध्यक्ष तिरर्थेन्द्र न्यौपाने, १२ का वडाअध्यक्ष हिरालाल कामत र विरेन्द्र कार्की सहितको छानविन समिति गठन भएको समितिका सदस्य समेत रहेको मृतकका छिमेकी वीरेन्द्र कार्र्कीले जानकारी दिए । छलफलमा सहभागी स्थानीय ध्रुवराज कोइरालाका अनुसार घटनाको छानविन गर्न गठित समितिले छानविन गरेर प्रतिवेदन बुझाउने र सो को आधारमा दोषि देखिए प्रहरीमाथि कारवाही हुने सहमति भएको छ । त्यस्तै पक्राउ परेका कामतबाट बरामद गरेको नगदसहित अन्य समान फिर्ता गरिने भएको छ ।

बैठकले मृतक परिवारलाई क्षतिपूर्तिको लागि गृह मन्त्रालयमा सिफारिस गर्ने पनि निर्णय गरेको छ ।छानविन समिति गठन भएपछि मृतक परिवारले पोस्मार्टम गर्नको लागि प्रहरीमा जाहेरी दिएका छन् । जाहेरीपछि कोशी अस्पतालमा राखिएको कामतको शवको पोस्टामा हुने र पोस्माटमपछि परिवारले विधिगत रुपमा दाहासंस्कार गर्ने सहमति पनि भएको छ । मृतक कामतको दुवै खुट्टामा हतकडी बाधेको निलो डाम रहेको छ । खुट्टामा हतकडीको निलो डाम र शरीरमा पनि चोटपटक रहेकोले प्रहरीको यातनाको कारणले कामतको मृत्यु भएको आफन्त र स्थानीयले आरोप लगाएका छन् ।

शुक्रबार दिउँसो विराटनगर ११ देखि गाँजासहित पक्राउ परेका कामतको आइतबार मृत्यु भएको थियो । कामतको मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्त रहस्मय तरिकाले मृत्यु भएको भन्दै उच्च स्तरीय छानविन समिति गठन गरिनुपर्ने, दोषी प्रहरीलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै सोमबार जिल्ला प्रशासन कार्यालय परिसरमा प्रर्दशनमा उत्रिएका थिए । उनीहरुले त्यस क्षेत्रमा टायर बालेर सवारी आवगमनमा पनि रोक लगाएका थिए । सो क्रममा प्रहरीसँग सामान्य झड्प समेत भउको थियो ।

हिरासतमा मृत्यु भएको सम्बन्धी प्रकरणमा गृहमन्त्री बालकृष्ण खाँडले समेत प्रमुख जिल्ला अधिकार कोषहरि निरौलासँग जानकारी लिएको मन्त्रालयले जनाएको छ ।

यता प्रहरीले भने कामतलाई कुनै यातना ने नदिएको बताएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले कामतलाई विरामीजस्तो देखिएपछि उपचार गर्न कोशी अस्पताल लगेको र उनको उपचारको क्रममा उनको मृत्यु भएको बताएका छन् । तर मृतकको शरीर र खुट्टामा देखिएको चोट र डोरीको दागको निशानका कारण उनका परिवारजन कालगतिले मृत्यु भएको मान्न तयार छैनन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top