टेलिकमले भन्यो- कल ट्यापिङ गर्ने हल्लाको पछि नलाग्नु

२१ भदाै, काठमाडाैँ ।

नेपाल टेलिकमले फोर जी सेवालाई अझै गुणस्तरीय बनाउने बताएको छ ।

सोमवार पत्रकार सम्मेलनमा बोल्दै नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमको फोर जी सेवालाई अझ गुणस्तरीय बनाउने बताए । उनले ५ जी सेवालाई परिक्षणमा लैजाने प्रक्रिया आरम्भ गर्ने पनि बताउनुभयो । प्रवन्ध निर्देशक अधिकारीले देशभरीको फाइबर बिच्छ्याउने कामलाई तिव्रता दिनेपनि उल्लेख गरे । आगामी दिनमा कोरोना संक्रमणका कारण टेलिकमको काम नरोकिने पनि उनले स्पष्ट पारे ।

प्रवन्ध निर्देशक अधिकारीले टेलिकमले कल ट्यापिङ गर्ने हल्ला भएको भन्दै हल्लाको पछि नलाग्न सबैमा आग्रह गरे। टेलिकमसँग कल ट्यापिङ गर्ने उपकरण नै नभएको उल्लेख गर्दै उनले टेलिकमले कल ट्यापिङ नगरेको बताए । उनले भने – ‘कल ट्यापिङको उपकरण नै छैन । कल ट्यापिङ गर्ने एल आइ. भन्ने उपकरण हुन्छ । त्यो उपकरण आयात गर्न दुरसञ्चार प्राधिकरण सँग अनुमति चाहिन्छ । हामी दुरसञ्चार सेवा प्रदायकले एल.आइ. इक्वीपमेन्ट किन्न पाइदैन ।’

उनले टेलिकमले सस्तो, गुणस्तरीय सेवा देशभरका सम्पूर्ण भेगमा पु¥याउने दायित्वको साथ काम गरिरहेको बताए ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top