एलिजाबेथकाे उपहारको बग्गी प्रदर्शनीमा

२१ भदौ ७८, मंगलबार

काठमाडौँ: बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले तत्कालीन राजा महेन्द्र शाहलाई उपहार दिनुभएको सुवर्ण बग्गी सोमबारबाट सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ ।

नारायणहिटी दरबार सङग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले पूर्वराजाहरूले प्रयोग गर्नुभएका सामग्री प्रदर्शनीमा थप्दै जाने नीतिअनुरूप सुवर्ण बग्गीलाई सार्वजनिक गरिएको बताउँदै भन्नुभयो, “तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकमा प्रयोग गरिएको बग्गीबारेमा धेरैलाई चासो थियो । नेपाली सेनासँग मागेर ल्याएका छौँ । अब यो प्रदर्शनीमा रहिरहनेछ । ”

बेलायतकी महारानी एलिजाबेथ द्वितीया पहिलो पटक २०१६ साल फागुनमा नेपाल भ्रमण आउनुभएका बखत उपहारका रूपमा यो बग्गी प्रदान गर्नुभएको थियो । यस्तो बग्गी संसारमा दुईवटा मात्र रहेको दाबी गरिएको छ । एउटा बग्गी अझै पनि बेलायती महारानीले प्रयोग गर्दै आउनुभएको छ र सो बकिङघम दरबारमा छ । त्यो बग्गीमा बत्ती जडान भएकाले राति पनि प्रयोग गर्न सकिन्छ तर उपहार प्राप्त बग्गीमा बत्तीको व्यवस्था छैन । बग्गी निर्माता कम्पनी अफोर्ड एन्ड सन्स लिमिटेड लन्डन भनी बग्गीको पछिल्तिर लेखिएको छ । सो कम्पनी सन १७९१ मा स्थापना भएको हो र यसले बेलायती दरबारका लागि विभिन्नखाले बग्गी तयार गरेको थियो । नारायणहिटी दरबारका पूर्वसचिव शम्भुुप्रसाद अधिकारीले बेलायती महारानीको पहिलो नेपाल भ्रमणका बखत उपहार पाएको बताउँदै भन्नुभयो, “बग्गी पानी जहाज हुँदै ल्याइएको थियो । राजा महेन्द्रका पालामा यसको प्रयोग भएन । राजा वीरेन्द्रको शुभराज्याभिषेकका बेलामात्र पहिलो पटक प्रयोगमा ल्याइएको थियो । ” वीरेन्द्रको राज्याभिषेक २०३१ साल फागुन १२ गते सम्पन्न भएको थियो ।

बेलायती महारानी एलिजाबेथ द्वितीया दोस्रो पटक २०४२ साल फागुनमा नेपाल भ्रमणमा आउनुभएका बेला यो बग्गी प्रयोग गरिएको थियो । नारायणहिटी दरबारका पूर्वप्रमुख रोहित ढुङगानाले भन्नुभयो, “त्यो बेला वसन्तपुर क्षेत्र (काष्ठमण्डप)मा बेलायती महारानीको नागरिक अभिनन्दन गरिएको थियो । अभिनन्दनपछि उहाँलाई यसै बग्गीमा राखेर नारायणहिटी दरबारसम्म लगिएको थियो । ”

अन्तिम राजा ज्ञानेन्द्र शाहको राज्याभिषेकका लागि बग्गीलाई मर्मत गरिएको थियो तर राज्याभिषेक हुन पाएन । त्यसपछि बग्गी दरबारभित्रको घोडा तबेलामा राखिएको थियो ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top