दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा जेलमुक्त

२२ भदौ ७८, मंगलबार

२२ भदौ, एजेन्सी ।

Advertisement

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा जेलमुक्त भएका छन् ।

स्वास्थ्यसम्बन्धी समस्याका कारण उनलाई जेलमुक्त गरिएको दक्षिण अफ्रिकी सुधार सेवा विभाग डीसीएसले जनाएको छ । पूर्व राष्ट्रपति जुमाले सामुदायिक सुधारका काम गर्ने सर्तमा बाँकी जेलसजाय मिनाह गर्ने सहमति भएको छ ।

Advertisement

सहमति अनुसार जेलबाहिर रहँदा पनि उनले सर्तहरूको पालना गर्नुपर्नेछ । अदालतको अवहेलना गरेको आरोपमा पूर्वराष्ट्रपति जुमाले गएको जुलाईदेखि जेल सजाय भोग्दै आएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top