माधवजी पार्टीमा फर्किनुस्, गल्ती क्षमा हुन्छ – पाण्डे

माधवजी पार्टीमा फर्किनुस्, गल्ती क्षमा हुन्छ – पाण्डे

२२ भदौ, पोखरा ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाल पक्षले पार्टी विभाजन गरेर धोका दिएको आरोप लगाएका छन् ।

कास्कीमा पार्टी कार्यकर्ता बृहत् भेलालाई सम्बोधन गर्दै उनले विभाजनको बाटोले कम्युनिस्ट पार्टीलाई कमजोर पार्ने बताए । विभाजन गरेर गल्ती गरे पनि फर्केर गल्ती सच्याउन उनको आग्रह छ ।

माधव नेपाललाई अन्तिमसम्म पार्टी नछोड्न अपिल ग¥यौं । तर छोडेर जानुभयो, उनले भने, हामीले नेपाललाई धोका दिएको होइन, पार्टी फोड्ने धोकेबाज हो । उहाँले हामीलाई धोका दिनुभयो ।

एमाले अहिले विशिष्ट स्थितिमा रहेको भन्दै यो संकट टार्न सबैसँग आग्रह गरे । २०५४ सालको पार्टी विभाजनले जस्तै अहिलेको विभाजनले पनि पार्टी समस्यामा फस्ने उनको भनाइ छ ।

पार्टी एकता कार्यदलमा सदस्य भएर काम गरेका उनले धेरै प्रयास गर्दा पनि पार्टी मिलाउन नसकेको बताए । नेताहरुको झगडाले ठूला घटना हुने भन्दै नेताहरुले नै सुधार्नुपर्ने सुझाव दिए ।

विदेशी शक्तिले खेलेर विभाजनमा सघायो । विदेशीहरु पनि खेल्छन् । यसपालि पनि खेले, उनले भने, तर उनीहरुलाई मात्र आरोप लगाउन आवश्यक छैन ।

हाम्रो आफ्नै दोष छ । उनले विभाजनका कारण पार्टीलाई ५ देखि १० प्रतिशत हाराहारीमात्रै नोक्सान हुने दाबी गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.