पर्सामा लागु औषधसहित १६ वर्षीय बालक पक्राउ

पर्सामा लागु औषधसहित १६ वर्षीय बालक पक्राउ

२२ भदौ, पर्सा ।

सशस्त्र प्रहरी बोडर आउट पोष्ट भिष्वा बन्जारीका टोलीले लागु औषधसहित एकजना १६ वर्षीय बालकलाई पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–१६का १६वर्षीय बालकलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट दाईजोपाम ५ सय एम्पूल , नुर्फिनजेकटन ५ सय एम्पूल , प्रोथेमाजईन हाईड्रोकोलोराईड ५ सय एम्पूल गरी सम्म १५ सय एम्पूल लागुऔषध सहित बरामद गरिएको सशस्त्र प्रहरी भिस्वा बन्जारीले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेका बालकलाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय पोखरियामा राखिएको प्रहरी निरीक्षक दीपक थापाले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.