आज ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै : अझै २३ जिल्ला साक्षर घोषणा गर्न बाँकी

२३ भदौ, काठमाडौं ।

आज ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । ‘मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रम हुँदैछन् ।

दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नागरिकलाई साक्षर बनाउनु सरकारको मुख्य लक्ष्य रहेको बताए । उनले कोरोना महामारीकैबीच पनि दिगो विकासको लक्ष्य हासिल गर्न साक्षर अभियान निरन्तर अगाडि बढाइरहेको उल्लेख गरे ।

अहिलेसम्म नेपालका ५४ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । झण्डै ६८ प्रतिशत नेपाली नागरिक साक्षर रहेको पछिल्लो तथ्याङ्क छ । अझै २३ वटा जिल्ला साक्षर घोषणा हुन बाँकी छन् ।

काठमाण्डौसहित ताप्लेजुङ, सोलुखुम्बु, सप्तरी, सिराहा, धुनषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, कपिलबस्तु, बाँके, मुगु, जुम्ला, हुम्ला, कालिकोट, डोल्पा, कैलाली, कञ्चनपुर, डोटी, बाजुरा र बझाङ जिल्ला साक्षर घोषणा हुन बाँकी छन् ।

कोरोना भाइरसको जोखिमका कारण अभियान प्रभावकारी हुन नसकेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । सरकारले साक्षरता अभियान घोषणा गरे पनि यसलाई प्रभावकारी बनाउन नसकेको शिक्षाविद्को टिप्पणी छ । व्यक्तिलाई पूर्ण साक्षर नबनाइ घोषणा गर्दा निरक्षर नागरिकको संख्या बढ्न थालेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top