बालकुमारी मन्दिर पुनर्निर्माण सुरु, १८ महिनामा काम सक्ने लक्ष्य

२३ भदौ ७८, बुधबार
Share this
666shares

२३ भदौ, काठमाडौं ।

Advertisement

ललितपुर महानगरपालिका–८ मा अवस्थित बालकुमारी मन्दिर पुनर्निर्माण अघि बढेको छ। विसं २०७२ को भूकम्पले सो मन्दिरको भित्ता चिराचिरा परेकाले फलामको टेका दिएर पालसमेत हालेर राखिएको थियो।

कुमारीलाई नजिकै रहेको सत्तलमा सारी मन्दिरको गजुर निकालेर माथिबाट भत्काउन थालिएको बालकुमारी मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष खड्गलाल महर्जनले बताए।

Advertisement

महानगरपालिकाले विनियोजन गरेको ५० लाख र जनश्रमदानबाट उठेको ६ लाख गरी कुल ५६ लाख रुपैयाँमा मन्दिर पुनर्निर्माणको काम अघि बढेको उनको भनाइ छ।

मन्दिर पुनर्निर्माणमा कुल ४ करोड ४१ हजार रुपैयाँ रकम खर्च हुने अनुमान गरिएकाले दाताबाट रकम सङ्कलन गरी सम्पन्न गरिने महर्जनले बताए।

Advertisement

सो मन्दिर ठेक्कामा निर्माण गर्न दिँदा गुणस्तर कमी हुने भएकाले समितिमार्फत अघि बढेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए।

प्यागोडा शैलीमा निर्माण भएको उक्त तीन तले मन्दिरका कयौँ पुराना साम्रगी पुनः प्रयोग गर्न मिल्ने हुँदा १८ महिनाभित्र काम सम्पन्न गर्न समय तोकिएको महर्जनले जानकारी दिए।

नेपाल संवत ७४२ मा सिद्धिनरसिंह मल्लको पालामा सो मन्दिर मात्र एक तले पुनःनिर्माण भएको थियो र पछि फेरि योगनरेन्द्र मल्लको पाला नेसं ८१७ मा दुई तला थपी गरी तीन तला बनाइएको शिलालेखमा उल्लेख छ।

पाटनका कृष्ण, तलेजु, भीमसेन, कुम्भेश्वर, बङगलामुखी, महालक्ष्मी स्थानको महालक्ष्मी, बटुक भैरव, रातो मच्छिन्द्रनाथ, मीननाथ, पूर्णचण्डी अर्थात सिद्धिलक्ष्मी र महाबौद्धमध्ये बालकुमारी मन्दिर पनि एक प्रमुख मठमन्दिरभित्र पर्दछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top