विराटनगर, असार २९
विराटनगर स्थित होटेल १०० पर्सेन्टले आफ्ना ग्राहकहरुलाई विषेश अफर दिने भएको छ । विराटनगर महाविर चोकमा केहि दिन अघि सञ्चालनमा आएको सो होटेलले आफ्नोमा जुनसुकै ग्राहकलाई मोवाईल एण्ड मोवाइल शोरुमबाट मोवाइल खरिद गरेको विल ल्याए ग्राहकलाई सित्तैमा खाजा खुवाउने अफर ल्याएको हो ।
मोवाइल एण्ड मोवाईल शोरुममा मोवाईल खरिद गरेको बिल लिएर होटेल १०० पर्सेन्टमा आए ग्राहकलाई सित्तैमा १ प्लेट मम र एक प्लेट चाउमिन उपलब्ध गराउने व्यवस्था गरिएको होटेलले जनाएको छ । सो अफर एक महिनाका लागि मात्र भएको होटल सञ्चालक सुमित जैसवालले बताएका छन् ।
मोवाईल एण्ड मोवाईल शोरुमका सञ्चालक समेत रहेका मोवाईल एण्ड मोवाईलले ग्राहकले खरिद गरेको मोवाइलमा दिने वारेन्टिको १ वर्षपछि पनि जय गणेश मोवाइलले एकपल्ट निशुल्क मर्मत सुविधा दिने अफर ल्याईएको समेत बताए ।
सञ्चालक जैसवालले होटेल १०० पर्सेन्टबाट आगामी एक महिना सम्म सो होटलमा पुग्ने जुनसुकै ग्राहकलाई २० प्रतिशत छुटको अफर दिईएको बताए ।