एमालेले उत्तेजनात्मक गतिविधि गरे जवाफ दिने नेकपा (एस)को निर्णय

२३ भदाै, काठमाडौँ ।

Advertisement

नेकपा (एकीकृत समाजवादी)ले संसद्मा संयमित भएर प्रस्तुत हुने निर्णय गरेको छ । बुधबार बसेकाे पार्टीकाे संसदीय दलकाे बैठकले  पार्टी गठन भएपछिको संघीय संसद्को पहिलो अधिवेशनका बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे  छलफल गरेकाे थियाे।

नेकपा (एमाले)ले नेकपा (एस) मा का १४ सांसद प्रतिनिधिसभा बैठकमा बसेमा अवरुद्ध गर्ने चेतावनी दिएपछि बसेको दलको बैठले संयमित भएर प्रस्तुत हुने निर्णय गरेको सांसद विरोध खतिवडाले जानकारी दिए । उनले भने, ‘हामीहरू सत्तापक्षमा बसेर भूमिका खेल्ने निर्णय गरेका छौं ।’

Advertisement

स्थानीय निकायका प्रतिनिधि रोक्नबाट असफल भएको र पार्टी दर्ता गर्न नदिने योजना असफल भएर ओली विछिप्त भएको खतिवडाले बताए । ‘माधव नेपालसहित १४ जना उपस्थित भए संसद् चल्न नदिने भन्ने उनी को हुन् ?,’ खतिवडाले भने ।

संसद्को नियमावली र संविधानले सर्वोच्च अदालतमा चलिरहेको मुद्दामा संसद्मा छलफल नहुने व्यवस्था रहेको स्मरण गराउँदै खतिवडाले भने, ‘उनीहरू नै हामी १४ जनालाई निष्कासित गरिपाउँ भनेर सर्वोच्च अदालत गएका छन् । केपी ओलीलाई कानुन विधान संविधान लोकतान्त्रिक संस्कारसँग केही सम्बन्ध छैन । आफ्नो सत्ता गएको उन्माद छ त्यो उन्मादको अभिव्यक्ति हो भनेर विश्लेषण गर्‍यौं संसद् चल्न नदिने भन्ने कुरालाई ।’

Advertisement

एमालेले उठाएका कुराको प्रतिरोध गर्ने निर्णय भएको पनि खतिवडाले बताए । संयमतापूर्वक प्रतिवाद गर्ने र त्यसलाई पनि उत्तेजित गर्ने काम भएमा जस्तालाई तस्तै गर्ने खतिवडाको भनाइ थियो । ‘हामी सांसद् नै आएका हौं । कोही दारा सिंह र कोही बंगरा सिंह भन्ने हुँदैन । हामी संसदीय मर्यादालाई पालन गर्न अधिकतम प्रयास गर्छौं । हामीमाथि अनेक ढंगका उत्तेजनात्मक गतिविधि गरिन्छ भन्ने हामी त्यसका लागि तयार हुन्छौं भन्ने कुरा भएको छ,’ उनले भने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top