बैठक स्थगित गरेर सभामुखले गरे एमालेका प्रमुख सचेतक र सचेतकसँग छलफल

२३ भदाै, काठमाडौँ ।

Advertisement

प्रतिनिधिसभाको बैठक स्थगित गरेर सभामुख अग्निप्रसाद सापकोटा प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।

सभामुखको आचरणप्रति असन्तुष्टि जनाउँदै एमालेले सदनमा विरोध जनाएपछि सभामुख सापकोटाले एमालेका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीसँग छलफल गरेका हुन् ।

Advertisement

सभामुखको सचिवालयका अनुसार उनीहरुबीच प्रतिनिधिसभा नियमावलीको नियम २१ को उपनियम ‘ख’ र ‘ग’ को बारेमा पनि छलफल भएको थियो ।

एमालेका सांसदहरुले नाराबाजी गर्ने क्रममा सभामुखको आलोचना गर्दा असंसदीय भाषा बोलेपछि उक्त नियम आकर्षित भएको सभामुख सापकोटाले बैठकमै सचेत गराएका थिए ।

Advertisement

यस्तै सत्तारुढ गठबन्धनमा रहेका दलका प्रमुख सचेतक र सचेतकहरुसँग पनि सभामुखले छुट्टै छलफल गरिरहेकाे जनाइएकाे छ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top