यथास्थितिमा एमसीसी पारित हुँदैन: देव गुरुङ

२३ भदाै, काठमाडाैँ ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले बजेट लगायत संसदमा बाँकी रहेका अध्यादेशहरु पारित गर्नुपर्नेमा जोड दिएको छ । नेकपा (माओवादी केन्द्र)को सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधवार बसेको संसदीय दलको बैठकले सत्तापक्ष र प्रतिपक्षको सहमतीमा संसदलाई निर्वाध रुपमा चल्न दिदैँ बजेट लगायत संसदमा पारित गर्नुपर्ने अध्यादेशहरु पास गराउन पहल गर्ने निर्णय गरेको हो ।

तोकिएको समयअवधिभित्र अध्यादेशहरु पारित गर्नुपर्नेमा माओवादीको जोड रहेको प्रमुख सचेतक देव गुरुङले बताए। उनले भने – ‘अध्यादेशहरुलाई अगाडी बढाउनुपर्छ । र त्यसलाई तोकिएकै समय अवधिभरमा, ३० गते त्यसको समय सकिन्छ । ३० गतेकै समय अवधिभरमा यसलाई पारित गराउन पहल गर्नुपर्छ । यद्यपी नियमावलीको समय फ्रेमको हिसाबले हामीलाई समयको समस्या त छ, तरपनि सबैको बिचमा आवश्यक सहमती कायम राखेर फास्टट्रयाकबाट भएपनि यसलाई अगाडी बढाउन पहल गर्नुपर्छ भन्ने कुरा भएको छ ।’

यस अधिवेशनमा अधिकतम रुपमा विधेयकहरु पास गर्न पहल गर्ने निर्णय माओवादी केन्द्रको छ । नेकपा(एमाले)ले सदन अवरुद्ध गर्ने भन्ने विषयमा आफुहरुको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै प्रमुख सचेतक गुरुङले एमालेलाई सहमतीमा अगाडी बढ्न आग्रह गरिने पनि बताए । गठबन्धनभित्रै सहमती नजुटेको भन्दै उनले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने बताए । एमसीसी राष्ट्रिय सहमती गर्नुपर्ने मुद्दा भएकाले एमसीसी सम्बन्धी प्रस्ताव संसदमा अगाडी नबढ्ने उनले विश्वास व्यक्त गरे।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top