लुम्बिनी अञ्चल अस्पतालमा ‘सिकलसेल एनिमिया’ प्रभावित भेटिए, बिरामी बढ्दै जाने सम्भावना

बुटवल, असार २९

लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचारका लागि आएका बिरामीमध्ये नाबालकसहित दुईजना ‘सिकलसेल एनिमिया’ बाट प्रभावित भएको देखिएको छ ।

उपचारका लागि अस्पताल आएका थारु समुदायका १५ जनामध्ये थप दुईजनामा ‘अल्फाथेलेसिमिया’ रोग देखापरेको लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा कार्यरत प्राविधिक प्रविण शाहले जानकारी दिए ।

Advertisement

यो रोग देखापरेपछि रगतको कमी हुन्छ र रक्तकोषिका टुक्रिन्छ भन्दै उनले ‘सिकलसेल एनिमिया’ को प्रयोगशाला स्थापना भएको २० दिनमात्रै भएको छ जसका कारण बिरामीलाई अस्पतालमा त्यसको उपचार हुन्छ भन्ने विषयमा समेत जानकारी छैन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँबाट बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल आभएका शाहले खासगरी जिल्लाको तिलोत्तमा नगरपालिका, कपिलवस्तु र नवलपरासीबाट ‘सिकलसेल एनिमिया’ बाट प्रभावित बिरामी आएको बताए।

उनले ‘सिकलसेल एनिमिया’ को प्रयोगशाला लुम्बिनी अञ्चल अस्पतालमा छ भन्ने विषयमा जानकारी नभएका कारण त्यसबाट प्रभावित बिरामी कम देखिएको अब बढ्दै जाने देखिन सक्छ भने ।

लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा कृष्ण खनालले प्रयोगशाला भए पनि स्थान अभावका कारण समस्या देखिएको उल्लेख गर्दै प्रयोगशाला स्थापना गरेका त छौँ तर स्थान अभावको समस्या हटाउन छलफल भएको बताए ।

उनले ‘सिकलसेल एनिमिया’ बाट प्रभावित बिरामीका लागि भवन बनाउन रु २४ करोड माग भएको उल्लेख गर्दै यसको औषधि अस्पतालमा निःशुल्क पाइन्छ भने ।

दाङ र बर्दियाका थारु समुदायमा ‘सिकलसेल एनिमिया’ बाट प्रभावितको विषयमा उपचारको व्यवस्था मिलाउन नसकेको भन्दै प्रदेश नं ५ को प्रदेशसभामा प्रदेशसभा सदस्यले प्रदेश सरकारको आलोचना गरेका थिए । तर प्रदेश सरकारले ‘सिकलसेल एनिमिया’ प्रभावितका लागि रु एक लाख सहयोग उपलब्ध गराउँदै आएको छ । सात लाखभन्दा बढी थारु समुदायको बाहुल्यता रहेको प्रदेश नं ५ को बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु, नवलपरासीमा थारु जातिको बाहुल्यता रहेको छ ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top