एकीकृत समाजवादीमा जान पाउँ भन्दै एमालेका दुई सांसद सर्वोच्चमा

२३ भदौ, काठमाडौं ।

Advertisement

नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

आफूहरुले समयमा नै एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको भन्दै उनीहरुले बुधबार रिट दर्ता गरेका हुन् । उनीहरुले  एकीकृत समाजवादी दल कायम गर्न अन्तरिम आदेश माग गरेका छन् ।

Advertisement

उनीहरुले हालसम्मको अभिलेखमा आफूहरु एमाले सांसद रहेको भन्दै मुद्दाको अन्तिम किनारा नलाग्दासम्म आफूहरुमाथि एमालेले गर्न सक्ने कारबाही रोक्न पनि अन्तरिम आदेश माग गरेका छन् ।

नेकपा एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिँदा नाम उल्लेख नभएका उनीहरु पछि सनाखतको समयमा भने उपस्थित भएका थिए। तर पहिले दिएको निवेदनमा नाम नरहेको भन्दै आयोगले उनीहरुको नाममा सनाखत गर्न अस्वीकार गरेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top