एमसीसीले नेपाल सरकारलाई पठायो जवाफ

एमसीसीले नेपाल सरकारलाई पठायो जवाफ

२३ भदाै, काठमाडौँ ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालसँगको सम्झौताका विवादित विषयमाथि नेपाल सरकारलाई जवाफ पठाएको छ ।जवाफ बुधबार नेपाल सरकारलाई पठाएको अमेरिकी राजदूतावास स्रोतले जनाएको छ ।

नेपाल सरकारले भदौ १८ गते एमसीसी सम्झौताका विषयलाई सूचीकरण गरेर वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयलाई पत्राचार गरेको थियो । एमसीसीले उक्त बुँदाहरुकाे जवाफ पठाएको हाे ।

पत्रको विस्तृत विवरण भने आउन बाँकी छ ।  नेपालमा एमसीसीकाे अवस्थाबारे चासो राख्दै एमसीसी उपाध्यक्ष फातेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स बिहीबार चार दिने नेपाल भ्रमणमा आउन लागेको पूर्वसन्ध्यामा एमसीसीले नेपाललाई विवादित बुँदाका विषयमा जवाफ पठाएको हो ।  एमसीसीले सबै बुँदाको एक–एक गरी जवाफ दिएको जनाइएकाे छ ।

सरकारले पठाएको पत्रमा एमसीसीलाई लिएर विभिन्न पक्षबाट जे–जे प्रश्न उठेका छन्, तिनलाई प्रस्ट पार्न भन्दै प्रश्न गरिएको थियो । अमेरिकाले अघि सारेको ‘इन्डो–प्यासिफिक रणनीति’अन्तर्गत एमसीसी परियोजना पर्छ कि पर्दैन, एमसीसीअन्तर्गत नेपाल अमेरिकी सुरक्षाको घेरामा पर्छ कि पर्दैन, परियोजनाको लेखा परीक्षण नेपाल कि अमेरिकाबाट हुने हो कि होइन, सम्झौता नेपालको संविधानभन्दा माथि छन् कि छैनन्, यो पूर्वाधार र ऊर्जा विकासका लागिमात्र हो कि होइन, अन्य सहयोग र यो सहयोगमा के फरक छ, यो सम्झौताले नेपालको राष्ट्रिय हित र सार्वभौमिक सत्तालाई असर पार्छ कि पार्दैन लगायत विषय पत्रमा समेटिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.