२४ भदाै, एजेन्सी ।
उपाधिको बलियो दाबेदार भारतले आगामी अक्टोबर नोभेम्बरमा युएई र ओमानमा आयोजना हुने आईसीसी टी-२० विश्वकपका लागि अन्तिम टोली घोषणा गरेकाे छ । बीसीसीआईले बुधबार विराट कोहलीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
स्पीनर रविचन्द्रन आश्विनले चार वर्षपछि टी-२० मा स्थान बनाएका छन् । उनले फेरि एक पटक मौका दिइएको छ । टोलीमा पाँच स्पीनर र तीन सिमर छन् ।
यस्तै पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई टिम मेन्टर नियुक्त गरिएको छ । बीसीसीआई सेक्रेटरी जय शाहका अनुसार धोनीले मुख्य प्रशिक्षक रवि शास्त्रीसँग नजिक रहेर काम गर्ने बाँकी सपोर्ट स्टाफहरुलाई सपोर्ट र डिरेक्सन प्रदान गर्ने छन् ।
यस्ताे छ भारतीय टिम
विराट कोहली (कप्तान), रोहित शर्मा, के एल राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त, इशन किसन, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, राहुल चाहर, रविचन्द्र आश्विन, अक्सर पटेल, वरुण चक्रवर्ती, जसप्रित बुमराह, भुवनेश्वर कुमार, मोहम्मद शामी
रिजर्स : श्रेयास अयेर, शार्दुल ठाकुर, दिपक चाहर