कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट न्यायाधीश सिन्हाको इजलासमा

२४ भदौ ७८, बिहीबार
Share this
675shares

२४ भदौ, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसको १४ औं महाधिवेशन रोक्न माग गर्दै दायर भएको रिटमाथि सुनुवाइ हुने भएको छ।

सुनुवाइका लागि बिहीबार न्यायाधीश अनिल कुमार सिन्हाको इजलासमा पेसी तोकिएको छ। नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्य नरेत्तम बैद्यले गत बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

Advertisement

कोरोना भाइरस संक्रमणको महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न सम्भव नभएकाले रोक्नका लागि आवश्यक आदेशको मागदाबी गर्दै वैद्यले बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन्।

नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुने तय गरिएको छ। जसअन्तर्गत शुक्रबार (भदौ १८गते) देखि वडा तहको अधिवेशन सुरु भएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top