मण्डल छुटाउन तरुणदलको अगुवाईमा आन्दोलनको घोषणा

विराटनगर, असार ३०
नेपाल तरुणदल रंगेली नगर उपाध्यक्ष भरत मण्डललाई समान्य विवादमा जर्वजस्ति पक्राउगर्न लगाएको भन्दै नेपाल तरुणदल मोरङकाे अगुवाईमा नेपाली कांग्रेससंग आबद्ध विभिन्न संघ संगठनहरुले आन्दोलनको घोषणा गरेका छन ।

Advertisement

मण्डलको तत्काल रिहाईको माग गर्दै नेपाल तरुणदलको अगुवाईमा नेविसंघ, नेपाल ट्रेड युनियन कांग्रेस तथा महिलासंघले संयुक्त रुपमा विराटनगरमा पत्रकार सम्मेलनगरी आन्दोलनको घोषणा गरेका हुन् ।

रिहाईका लागी आज शनिबार बेलुका मसाल जुलुस गर्ने र त्यसपछिपनि प्रशासनले मण्डललाई रिहा नगरे थप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

Advertisement

तरुणदल मोरङ अध्यक्ष प्रभाकर थापाले शनिवार सांझ विराटनगरमा मसाल जुलुसगर्ने र त्यसपछिपनि मण्डल रिहा नभए आइतवारदेखी मोरङ जिल्ला बन्द आव्हानगर्ने बताए ।

रंगेली – ७ का मण्डलले विकास निमार्णमा आफुले काम गरेकोे संस्थाको रकम फछ्र्र्याैटका लागि रंगेली नगरपालिका पुुग्दा कर्मचारीसंग भएको समान्य भनाभनको आधारमा रंगेली नगरपालिकाका मेयर र कर्मचारीले सुनियोजित तवरले मण्डललाई थुनाएको अध्यक्ष थापाको भनाई छ ।

Advertisement

९ दिनसम्म मण्डललाई प्रहरी हिरासतमा राखेर मेयर बगडियाले अधिनायकवादको शैलाी अपनाएको भन्दै अब आन्दोलनको आधिबेरी ल्याउने थापाले चेतावनी दिए ।

नेपाली विद्यार्थी संघका सहमहामन्त्री कृष्ण कार्कीले रंगेलीका मेयरले दम्भ देखाएर मण्डललाइ थुनाएको आरोप लगाए । नेपाल ट्रेड युनियन मोरङ अध्यक्ष सुशिल कोइरालाले नेपाली कांग्रेस मोरङको निर्णय अनुसार आन्दोलनका कार्यक्रम आएको भन्दै अब कांग्रेस चुप लागेर नबस्ने बताए ।

कार्यक्रममा प्रदेश सांशद शान्ता पौडेल तथा विन्दिया कार्कीले भरत मण्डल रिहा नभए प्रदेशसभासमेत अवरुद्धगर्ने चेतावनी दिए । ९ दिन अघि इलाका प्रहरी कार्यालय रंगेलीलले पक्राउ गरेका मण्डललाई नगरपालिकाको बोर्ड बैठकले सार्वजनिक मुद्धा लगाएको छ ।

यो विषयलाई लिएर रंगेलीमा विरोधका कार्यक्रमहरु समेत भइरहेका छन । मण्डललाई छुटाउने विषयमा छलफल भएपनि टुंगोमा भने पुग्न नसकेको जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top