११ किलो सालकको खपेटासहित एक पक्राउ

३० असार २०७५, शनिबार
Share this
713shares

विराटनगर, असार ३०

Advertisement

पाँचथरको हिलिहाङ गाउँपालिकाबाट प्रहरीले ११ किलो सालकको खपेटासहित शुक्रबार बिहान एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मेची राजमार्गमा इलाका प्रहरी कार्यालय अमरपुर पाँचथरबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा मे १ ज १४३९ नम्बरको बोलेरो गाडीमा सवार रहेका हिलिहाङ गाउँपालिका ३ बस्ने ५३ बर्षिय फुपुठिले शेर्पालाई ११ केजी सालकको खपेटा, चाँदिको गर–गहना र नगद बाह्र हजारसहित नियन्त्रणमा लिएको हो ।

Advertisement

पक्राउ परेका शेर्पालाई आवश्यक अनुसन्धान पश्चात कार्बाहीकालागि जिल्ला वन कार्यालय पाँचथरमा बुझाईएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top