कुटपिटबाट बृद्धाको मृत्यु, कुटपिट गरी लुटपाट गर्ने पक्राउ

३० असार ७५, शनिबार

विराटनगर, असार ३०

Advertisement

धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ परेवादिनमा शुक्रबार एक बृद्धाको कुटपिटबाट मृत्यु भएको छ ।

घरमा कोही पनि नभएको समयमा बिहान अन्दाजी १० बजे ६० बर्षिय नरमाया लिम्वुलाई सोही ठाउँ बस्ने १९ बर्षिय रोहित लिम्वु र १६ बर्षिय शुक्रराज लिम्वुले कुटपिट गरी बृद्धाको साथमा भएको डेढ तोला सुनको गहना लुटेर भागेका थिए ।

Advertisement

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी सिधुवाबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न दुबै जनालाई गहनासहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

कुटपिटबाट गम्भीर घाईते बृद्धालाई उपचारकालागी धरानस्थित विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएकोमा उपचारको क्रममा बेलुका पौने ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top