एमसीसी उपाध्यक्षलाई माधव नेपालले भने- सत्ता गठबन्धनमा छलफल गरेर सहमतिमै अघि बढाउँछौं

२४ भदौ, काठमाडौं ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी हुन् ।

उपाध्यक्ष सुमारसहितको टोलीले अध्यक्ष नेपाल, नेताहरु प्रमेश हमाल र गंगालाल तुलाधरसहितको टोलीसँग एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भेट गरेको एक नेताले जानकारी दिए ।

भेटवार्तामा सुमारले एमसीसी अनुमोदन प्रक्रिया बढाउन आग्रह गरेकी थिइन् । जवाफमा नेपालले यसबारे सत्ता गठबन्धनमा छलफल भैरहेको र एमसीसीबारे साझा दृष्टिकोण बनाएर प्रचलित कानून अनुसार अघि बढाउने जवाफ दिएका छन् ।

नेपालले भेटमा एमसीसीका कतिपय प्रावधानमा जिज्ञासा राखेका थिए । उपाध्यक्ष सुमारले बुधबार नै यसबारे जवाफ दिएको र अमेरिका खुला संवादका लागि तयार रहेको बताएकी थिइन् ।

बिहीबार काठमाडौं आएकाे उपाध्यक्ष सुमारको टोलीले बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेको थियो । काठमाडौंको चारदिने भ्रमणमा आएकी सुमारले प्रधानमन्त्री र अर्थमन्त्रीसहित सबै दलका नेताहरुलाई भेट्ने कार्यक्रम छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top