अबको तीन दिन ठूलो पानी नपर्ने

२४ भदौ ७८, शुक्रबार

२५ भदौ, काठमाडौं ।

Advertisement

अबको तीन दिन मनसुन कमजोर रहने मौसमविद्ले बताएका छन् ।

न्यूनचापीय रेखाको प्रभाव नेपालमा कम परेकाले अबको तीन दिन लगातार झरी पर्ने वा भारी वर्षा हुने सम्भावना नरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । तर स्थानीय वायुको प्रभावका कारण सामान्य बदली भइ देशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

Advertisement

आज कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ भने अरु ठाउँको आकाशमा सामान्य बादल लागेर हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए ।

असोजको पहिलो हप्ता सम्म नै यो वर्षको मनसुन रहने भएकाले अबको तीन दिन मनसुन कमजोर भए पनि फेरि पानी पार्ने मौसमी प्रणाली नेपाल भित्रिएर ठूलो पानी वा लगातार झरी पर्ने सम्भावना पनि रहने सक्ने उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top