×

NEPAL TIMES UPDATES

Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026

अलैंचीको बजार मूल्यमा उत्साह

२५ भाद्र २०७८

२५ भदाै, ताप्लेजुङ ।

ताप्लेजुङमा गत हप्तादेखि नयाँ मुल्यमा अलैँची खरिद बिक्री सुरु भएको छ । अलैँचीको नयाँ उत्पादन (फसल) बजारमा आउन थालेसँगै कारोबार मूल्य सन्तोषजनक भएकाले किसान तथा व्यवसायीमा उत्साह थपेको हो ।

Advertisement
Advertisement

पछिल्ला केही वर्षयता अलैँचीको मूल्य निरन्तर घटिरहेको अवस्थामा यस वर्ष सुरुमै सोचेभन्दा राम्रो मूल्य आएको बताइएको छ । केही हप्ता अघिदेखि स्थानीय बजारमा निस्कन थालेको अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) रु ३२ देखि ३५ हजारसम्ममा कारोबार भइरहेको छ । हाल स्थानीय बजारमा कारोबार हुन थालेको मूल्य अपेक्षा गरेभन्दा राम्रो भएकाले अलैँची किसान तथा व्यवसायी दुवैलाई उत्साहित बनाएको हो ।

जिल्लाकै प्रमुख नगदेबालीका रूपमा रहेको अलैँचीको नयाँ उत्पादनको मूल्य गत वर्षभन्दा यस वर्ष रु १२ देखि १४ हजार बढीमा कारोबार भएको सदरमुकाम फुङ्लिङ बजारका स्थानीयवासी व्यवसायी दिनेश अधिकारीले बताए ।

अधिकारीका अनुसार गत वर्ष नयाँ अलैँची बजारमा कारोबार हुन थाल्दा प्रतिमन रु २० देखि २२ हजार मात्र मूल्य थियो । यस वर्ष सुरुमा आएको अलैँची मूल्यले किसान तथा व्यवसायी दुवैलाई सन्तुष्ट बनाएको अधिकारीको भनाइ छ ।

फुङ्लिङ बजारकै अर्का व्यवसायी भद्र रेग्मीले पनि यस वर्षको अलैँची मूल्यले सधैँ निराशा खेप्दै आएका किसान तथा व्यवसायीलाई उत्साहित बनाएको बताउनुभयो । विगतका वर्षमा प्रतिमन रु २० देखि २२ हजारमा कारोबार हुँदै आएको अलैँची यस वर्ष सुरुमै प्रतिमन करिब रु १५ हजार बढीमा कारोबार हुनु भनेको धेरै राम्रो मूल्य भएको व्यवसायी रेग्मीको भनाइ छ । यसरी सुरुमा नै राम्रो मूल्य आएकाले सिजनसम्म नै राम्रो मूल्य आउने जिल्लाका किसान तथा व्यवसायीले अपेक्षा राखेका छन् ।

यता यस वर्ष अलैँची उत्पादन भने ह्वात्तै घटेको किसानले बताएका छन् । अहिले औल क्षेत्रको अलैँची निस्कन थालेको र औल क्षेत्रमा विगतको तुलनामा आधाभन्दा धेरै उत्पादन घटेको फुङ्लिङ नगरपालिका–१ का किसान मकरजङ लिम्बूले बताए ।

Advertisement

लिम्बूका अनुसार यस वर्ष औल क्षेत्रमा सबैतिर अलैँची नफलेकाले उत्पादन घटेको छ । लेकाली क्षेत्रमा भने अलैँची फल राम्रै लागेको किसानले बताएका छन् । लेकाली क्षेत्रको अलैँची भने कात्तिकदेखि मङ्सिरसम्ममा निस्कने गर्दछ ।रासस

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top