‘ए मेरो हजुर ४’ चैत्र २५ मा रिलिज हुने

२४ भदौ ७८, शुक्रबार

२५ भदाै, काठमाडौं ।

Advertisement

अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’ चैत २५ गते प्रदर्शन गर्ने घोषणा भएको छ।

सुनीलकुमार थापा र झरना थापाले निर्माण गरेको साे चलचित्र गत वर्ष नै प्रदर्शन हुने भनिएपनि कोरोना महामारीका कारण रोकिएको थियो। त्यसपछि भदौ १८ गतेलाई तोकिए पनि फिल्म प्रदर्शन हुन सकेको थिएन। कोरोना महामारीसँगै सिनेमा हलमा दर्शक नआउने जोखिमका कारण फिल्मको प्रदर्शन रोकिएको थियो।

Advertisement

अब भने नयाँ वर्ष केन्द्रित रहेर चैत २५ गते फिल्म प्रदर्शन गर्ने घोषणा गरेको झरना थापाले जानकारी दिएकी छन्। उनले लेखकी छिन्, ‘अब विस्तारै कोरोना कहर पनि कम हुँदै गएको छ। सरकारले सिनेमा हल खोल्ने अनुमति दिएको छ। त्यसै अनुरुप हामीले चलचित्र ‘ए मेरो हजुर ४’ आउँदो चैत २५ गते प्रदर्शन गर्ने निर्णय गरेका छौं।’

‘ए मेरो हजुर’को शृंखलाको रुपमा निर्माण भएको फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतलगायत मुख्य भूमिकामा देखिएका छन्।यसअघि उनीहरुले यही फिल्मको तेस्रो सिरिजमा पहिलो पटक एकसाथ अभिनय गरेका थिए । निषेधाज्ञाभन्दा अगाडि फिल्मको सम्पूर्ण छायांकन सकेर थापा परिवार अमेरिका उडेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top