सांसद झा भन्छिन्- मैले सभामुखलाई नै माइकले हिर्काउन खोजेकी हुँ

Share this
708shares

२५ भदौ, काठमाडौं।
शुक्रबार बसेकोे प्रतिनिधि सभा बैठकमा एमाले सांसदहरु सुरु देखिनै आक्रामक रुपमा प्रस्तुत भए। सदन अवरोध गर्न खोजेपनि सभामुख अग्निप्रसाद सापकोटाले भने सदनका काम कारवाही अघि बढाए । सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिस्थापन बजेट पेस गर्न अनुमती दिए ।

Advertisement

अर्थमन्त्रीले बजेट पेस गरिरहँदा एमालेका सांसद भने उग्र हुँदै नाराबाजी गरिरहेका थिए। त्यसैबीचमा एक जना सांसदले टेबलमा रहेको माइक तानेकी थिइन्। उनलाई त्यहाँ खटिएका मर्यादापालकले रोकेका थिए। माइक तान्ने एमालेकी सांसद रेखा झा हुन्।

झाले सभामुख सापकोटाले संसदको मर्यादा नराख्दा आफूले माइक झिकेर टाउकोमा हान्न खोजेको बताएकी छन्। संसद् भवनबाट बाहिरिँदै गर्दा उनले भनिन्, ‘टाउको फुटाउने मन थियो।’

Advertisement

माइक किन तान्नु भएको भन्ने प्रश्नमा उनले सभामुखलाई हान्न तानेको दाबी गरिन् । उनले सभामुखले असंसदीय गतिविधी गरेपछि आफू आक्रोशित बनेको बताएकी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top