विराटनगर,असार ३०
तेह्रथुमको आठराई संक्रान्ति बजारमा आगलागी भएको १६ महिना वितिसक्दा पनि अग्नीपिडितहरुले सरकारीस्थरबाट अझैसम्म पनि राहत पाउन सकेका छैनन् ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले आगलागी स्थलको निरिक्षण गरी घोषणा गरिएको १ करोड रुपैयाँ अहिले सम्म नआउदा अग्नीपिडितहरुले राहत पाउन नसकेका हुन् ।
आगलागीस्थलको निरीक्षण गर्दै पूर्वप्रधानमन्त्री दाहालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट १ करोड उपलब्ध गराउने घोषणा गरेका थिए । तर त्यो रकम अहिले सम्म उपलब्ध भएको छैन् ।संक्रान्ति बजारमा भएको लागलागीबाट २६ परिवारको ३२ ओटा घर जलेर नष्ट हुँदा ७३ परिवार विस्थापित भएका छन् ।