एमालेलाई गगनले भने- संसदलाई जुन दिनसम्म चिन्दिन भन्नुहुन्छ, यो संसद यसैगरी चल्छ

Share this
780shares

२५ भदाै, काठमाडौं।

Advertisement

नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले एमालेले संसद्मा गरेकाे नाराबाजीलाई लक्षित गर्दै उनीहरुसँग सम्वाद गर्नुको अर्थ नभएको बताएका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकवाट बाहिरिँदै गर्दा थापाले संसदनै मान्दिन, चिन्दै चिन्दिन भनेपछि कसैसँग संवाद गर्नुको अर्थ नभएको प्रतिक्रिया दिएका हुन् । शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गरेका थिए।

Advertisement

यसबारे उनीहरुसँग संवाद गरेर समस्या समाधान नहुने भन्दै थापाले यो भन्दा अरु ‍विकल्प नभएको बताएका छन्। ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले यसैगरी विधेयक पारित गराएको दिनको म स्मरण गराउन चाहन्छु ’ थापाले भने, ‘ऐन, नियम, कानुनले मानेको संसदलाई जुन दिनसम्म चिन्दिन भन्नुहुन्छ, यो संसद यसैगरी चल्छ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top