×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पोखरा महानगरपालिकाका महाशाखा प्रमुख पौडेल मृतावस्थामा भेटिए

३० असार २०७५

तनहुँ, असार ३०

पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव आज बिहान करीब ८ बजेको समयमा तनहुँमा भेटिएको छ । भिमाद नगरपालिका वडा नं ६ स्थित सेतीनदी किनारमा तैरिरहेको अवस्थामा पौडेलको शव भेटिएको हो ।

Advertisement
Advertisement

असार ९ गते बिहान घरबाट हिँडेका पौडेलले महेन्द्र पुलस्थित सेती नदीमा हाम फालेको प्रहरीले निष्कर्ष निकालेको थियो । हराइरहेका पौडेल २१ दिनपछि मृतावस्थामा भेटिएका हुन् ।

सेती नदी किनारमा तैरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीमा खबर गरेको भिमाद प्रहरी चौकीका सई ज्ञानेन्द्र कार्कीले जानकारी दिए । शव भेटिएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर शव बाहिर निकाल्ने कार्य गरिएको सई कार्कीले बताए ।

शव भेटिएको जानकारी पाएलगत्तै परिवारका सदस्य तथा आफन्तजन भिमाद पुगेर शव पहिचान गरी परीक्षणका लागि पोखरास्थित गण्डकी अस्पताल लगिएको छ । पौडेल हराएको लामो समय बितिसकेकाले शव गलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
रासस

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top