नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणलाई तीव्र बनाऔँ : डब्लूएचओ

२५ भदौ ७८, शनिबार

२५ भदाै, काठमाडौँ ।

विश्व स्वास्थ्य सङ्गठनले दक्षिणपूर्वी एसिया क्षेत्रका आफ्ना सदस्य राष्ट्रहरूलाई नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि भइरहेका प्रयासहरूलाई अझ तीव्र बनाउन अपिल गरेको छ । यस क्षेत्रमा हुने मृत्युहरू मध्ये दुई–तिहाइ मृत्युहरू नसर्ने रोगका कारणले हुने गरेका छन् र तिनले गम्भीर कोभिड–१९ को जोखिम पनि बढाएका छन् ।

“कोभिड–१९ महामारीले नसर्ने रोगसहित बाँचिरहेका व्यक्तिहरूको संवेदनशीलतालाई थप उजागर गरिदिएको छ । गम्भीर रोग तथा मृत्युको जोखिम बढ्नुको अलावा, अत्यावश्यक सेवाहरू अवरुद्ध हुनाले नसर्ने रोगहरूको नियन्त्रणमा हासिल गरिएको प्रगति सुस्त हुने र उल्टिने नै पनि डर छ,” विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एसिया क्षेत्रकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले क्षेत्रीय समितिको बैठकमा भनि ।

मुटु सम्बन्धी रोग, क्यान्सर, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग, मधुमेह, उच्च रक्तचाप आदि जस्ता नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रण डा. खेत्रपाल सिंहका प्रमुख प्राथमिकताहरूमध्येमा रहेको छ । सन् २०१४ देखि सदस्य राष्ट्रहरूले संयुक्त प्रयासहरू सञ्चालन गर्ने, बहुक्षेत्रीय योजनाहरू कार्यान्वयन गर्ने, प्राथमिक स्वास्थ्य स्याहारको तहमा नसर्ने रोगहरू सम्बन्धी सेवाहरू प्रदान गर्ने वा सेवाको परिमाण अभिवृद्धि गर्ने, शारीरिक क्रियाकलापहरू प्रवर्द्धन गर्ने, चिनीयुक्त तथा गुलिया पेय पदार्थमा कर लगाउने, खैनी तथा सुर्तीको प्रयोगको नियन्त्रणका लागि विभिन्न उपायहरू अवलम्बन गर्ने, मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने लगायतका कार्यहरू गरिरहेका छन् ।

“हामीले नसर्ने रोगहरूलाई सम्बोधन गर्न र तिनलाई महामारीको तयारी तथा प्रतिकार्यको अभिन्न अङ्ग बनाउन जरुरी छ । यसो भएमा आपत्कालीन अवस्थामा नसर्ने रोगहरू सम्बन्धी सेवाहरूको निर्बाध पहुँचका लागि संयन्त्रहरू स्थापना गर्न र स्वास्थ्य सम्बन्धी गम्भीर जटिलताहरूको जोखिम न्यूनीकरण गर्न मद्दत पुग्छ,” क्षेत्रीय निर्देशकले भनिन् ।

हाल जारी चुनौतीहरूको परिप्रेक्ष्यमा, सदस्य राष्ट्रहरूले दिगो विकास लक्ष्य २०३० का लक्ष्यहरू हासिल गर्नका लागि नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि क्षेत्रीय कार्य योजना विस्तार गर्ने सम्बन्धमा छलफल गरेका छन् ।

सदस्य राष्ट्रहरूले आँखा तथा मुखको एकीकृत स्वास्थ्य स्याहार र त्यसका लागि क्षेत्रीय कार्य योजना विकास गर्ने सम्बन्धमा पनि छलफल गरेका छन् । मुखको क्यान्सर सबैभन्दा व्याप्त पाँच क्यान्सरहरूमध्येमा रहेको छ र मुख सम्बन्धी स्वास्थ्य समस्या प्रमुख जनस्वास्थ्य चासोको रूपमा रहेको छ । यस क्षेत्रमा व्याप्त दृष्टि दोष तथा अन्धोपनको दर विश्वव्यापी रूपमा नै अत्यधिक मध्येमा रहेको छ ।

यस क्षेत्रमा सन् १९९० र २०१५ को बीचमा अन्धोपन तथा मध्यमदेखि गम्भीर दृष्टदोषको दर घटेको केही प्रमाणहरू छन् । तथापि, विश्वको औसतभन्दा यस क्षेत्रको दर उच्च रहँदै आएको छ र मोतीबिन्दुको प्रभावकारी शल्यक्रियाको दर लक्ष्यभन्दा कम रहेको छ । सन् २०२० मा गरिएको मुख सम्बन्धी स्वास्थ्य नीतिहरूको अवस्था विश्लेषणले केही प्रगति भएको देखाएको भएता पनि सन् २०२५ का लक्ष्यहरू भेट्नका लागि अझ धेरै अन्तर विद्यमान रहेको देखाएको छ ।

नसर्ने रोगहरूका कारणले हुने मृत्युको करिब आधा ३० देखि ६९ वर्ष बीचको उमेरमा असामयिक रूपमा हुने गरेको छ । यस क्षेत्रको एक चौथाइ वयस्क जनसङ्ख्या उच्च रक्तचापबाट पीडित छ भने प्रत्येक १२ जना वयस्कमध्ये एक जनालाई मधुमेह छ ।

दिगो विकास लक्ष्यको लक्ष्य ३।४ हासिल गर्नका लागि भएका उपलब्धिहरूलाई कसरी कायम राख्ने, प्राथमिकता दिनुपर्ने क्षेत्रहरूमा कार्यलाई कसरी तीव्रता दिने र यस क्षेत्रमा नवीनतम उपाय तथा पद्धतिहरूको परीक्षण गर्नका लागि सञ्चालन मार्ग निर्देशन दिने नसर्ने रोगहरूको क्षेत्रीय कार्यान्वयन मार्गचित्र २०२२–२०३० विकास गर्ने सम्बन्धमा पनि सदस्य राष्ट्रहरूले छलफल गरेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top