प्रधानमन्त्रीको रणनीतिः पहिले मन्त्रिपरिषद् विस्तार, त्यसपछि एमसीसीबारे निर्णय

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा पहिले मन्त्रिपरिषद् विस्तार गरेर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे निर्णयमा पुग्ने तयारीमा रहेको उनी स्रोतले जानकारी दिएको छ ।

एमसीसी परियोजना, सरकार विस्तार, संसद् सञ्चालन, बजेट अध्यादेश र बजेट प्रतिस्थापन विधेयकका विषयमा छलफल गर्न शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्रीले पहिले मन्त्रिपरिषद् विस्तार गर्ने संकेत गरेका हुन् ।

त्यसका लागि प्रधानमन्त्री देउवाले गठबन्धन आबद्ध दलका शीर्ष नेताहरूसँग आआफ्नो दलबाट मन्त्री बन्नेहरूको नाम मागेका छन् ।

‘प्रधानमन्त्री पहिले मन्त्रिपरिषद्लाई पूर्णता दिने सोचमा पुग्नुभएको छ, आइतबार या सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने र त्यसपछि एमसीसीका विषयमा छलफल गर्ने गरी उहाँ अघि बढ्नुभएको छ,’ बैठकमा सहभागी एक नेताले राजधानीसँग भने ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन आबद्ध दलको बैठकमा सरकार विस्तार, संसद् सञ्चालन, बजेट अध्यादेश र बजेट प्रतिस्थापन विधेयकका विषयमा छलफल भएको जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिला भएको भन्दै छिटो मन्त्रीको नाम दिन गठबन्धनका नेतासँग आग्रह गरेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेले जानकारी दिइन् ।

कांग्रेस नेता मीन विश्वकर्माले एमसीसीको विषयलाई दफाबार छलफल गरेर टुंग्याइनुपर्ने बताए । ‘एमसीसीका विषयमा दफाबार छलफल हुनुपर्छ, पोका देखाएर यसमा यो छ भनेर अनुमान गरेर हुँदैन, बृहत् छलफल गरिनुपर्छ, प्रधानमन्त्री पनि मन्त्रिपरिषद् विस्तारपछि एमसीसीमा टुंगोमा पुग्ने गरी अघि बढ्नुभएको छ,’ विश्वकर्माले थपे ।

कांग्रेस नेताहरूका अनुसार प्रधानमन्त्री देउवाले पहिले मन्त्रिपरिषद् विस्तार गर्ने र त्यसपछि अर्थविज्ञसँग एमसीसीबारे छलफल गरेर धारणा लिनेछन् । त्यसपछि राजनीतिक दलका नेताहरूसँग प्रधानमन्त्रीले एमसीसीबारे छलफल गर्ने योजना बनाएका छन् । सबैसँगको छलफलपछि प्रधानमन्त्री देउवाले एमसीसीलाई संसद्मा पेस गर्ने रणनीति बनाएका छन् ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top