तीजको नाच हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

Share this
782shares

२६ भदाै, दाङ ।

Advertisement

दाङमा तीजको नाच हेर्न गएकी एक किशोरीमाथि जंगलमा सामूहिक बलात्कार भएको छ। बङलाचुली गाउँपालिकाकी करिब १८ वर्षीया ती किशोरी तीजको नाच हेरेर जंगलको बाटो हुँदै घर फर्किने क्रममा बिहीबार बिहान २ बजेतिर तीन युवाहरूबाट सामूहिक बलात्कारमा परेकी थिइन्।

बाटो ढुकेर किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले बंगलाचुली गाउँपालिका वडा नं। ७ बिर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्साङी र २० वर्षीय यमबहादुर मास्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द्रप्रसाद रिजालले बताए।

Advertisement

बिहीबार घटनाबारे जानकारी पाएको र सोही दिन उनीहरूलाई पक्राउ गरिएको डिएसपी रिजालले जानकारी दिए। पीडित किशोरी प्रहरीको महिला सेलमा रहेकी छन् ।

पीडितले घटनाका आरोपितविरूद्ध किटानी जाहेरी दिइ सकेकोले कानुनी कारबाहीको प्रक्रिया अगाडि बढिसकेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top