२७ भदौ, काठमाडौं ।
राष्ट्रिय बीमा संस्थानले आर्थिक वर्ष २०७७÷७८ मा साढे सात अर्बभन्दा बढी प्रिमियम संकलन गरेको छ।
कोरोना प्रभावबीच पनि ७ अर्ब ५७ करोड १३ लाख रुपैयाँ प्रिमियम संकलन गरेको कम्पनीको शनिवार सम्पन्न साधारणसभाका अवसरमा जानकारी दिइयो।
सो अवधिमा कम्पनीले तीन अर्ब १९ करोड ८७ लाख दाबी भुक्तानी गरेको र जीवन बीमा कोषमा ३२ अर्ब ९३ करोड ६१ लाख रहेको अध्यक्ष गंगाराम कँडेलले जानकारी दिए।
कम्पनीको ३१औं साधारण सभामा बोल्दै अध्यक्ष कँडेलले आगामी असार मसान्तसम्म २ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउने बताए।
नियामक निकायको पछिल्लो निर्देशनअनुरूप दुई अर्ब चुक्ता पुँजी पु¥याउनुपर्ने व्यवस्था रहेकाले संस्थानले सोहीअनुसार पुँजी योजना तयार गरी अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइसकेको उनले जानकारी दिए।