सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्याका आरोपी लोकबहादुर सार्वजनिक

२६ भदौ ७८, आइतबार

२७ भदौ, काठमाडौं ।

Advertisement

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या गरेको आरोप लागेका लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । २६ वर्षीय कार्कीलाई प्रहरीले हिजो पक्राउ गरेको थियो ।

लोकबहादुरले हत्या गरेको स्वीकार गरेका सङ्खुवासभा प्रहरीले जनाएको छ । गएको आइतवार राति स्थानीय बौदमान कार्की परिवारका पार्वती कार्की, तेजबहादुर कार्की, कमला कार्की, रञ्जना कार्की, दिपेन कार्की र गोमा कार्कीको हत्यामा भएको थियो ।

Advertisement

घटनामा ८५ वर्षका बौदमान भने सकुशल छन् । घटनापछि अनुसन्धान गर्न तालिम प्राप्त दुई वटा कुकुर ‘पिकु’ र ‘लैला’सहित प्रहरी उपरीक्षक (एसपी) भीम दाहाल नेतृत्वको टोली खटिएको थियो।

लगत्तै दाहाल नेतृत्व टोली फर्किएपछि सीआईबीका डीएसपी रुगमबहादुर कुँवर नेतृत्वको टोली अनुसन्धानमा खटिएको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top