नेकपा एस रोज्न चाहेका एमालेका दुई सांसदबारे निर्णय सुनाउँदै सर्वोच्च

२७ भदौ ७८, आइतबार
Share this
738shares

२७ भदौ, काठमाडौं ।

Advertisement

नेकपा एमाले विभाजन भई बनेको नेकपा एकीकृत समाजवादीतिर लागेका दुई सांसदको बारेमा सर्वोच्चले आज निर्णय दिने भएको छ। न्यायाधीश मीरा खड्काको एकल इजलासमा पेसी रहेको मुद्दामा सुनुवाइ सुरु भएको छ।

प्रतिनिधि सभा सांसद सोमप्रसाद पाण्डे र राष्ट्रिय सभाकी सदस्य शारदादेवी भट्टले निर्वाचन आयोगले आफूले रोजेको नेकपा एसको पक्षमा सनाखत नगरेको भनी रिट दायर गरेका थिए।

Advertisement

आयोगमा उनीहरु दल दर्ताका लागि निवेदन दिएको भोलिपल्ट मात्र पुगेका थिए। आयोगले नयाँ दलको मान्यता दिनका लागि सनाखत लिँदा उनीहरुको नाम सुरुमा निवेदन दिने व्यक्तिहरुको सूचीमा नभएको भन्दै सनाखत गराएको थिएन।

उनीहरुको नाम नयाँ पार्टीमा समावेश नभएमा सांसद पद गुम्ने भएकाले उनीहरुले अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन्। उनीहरुले भदौ २३ गते रिट दायर गरेका थिए । तर उनीहरुको रिट पेसी चढ्ने अनि हट्ने हुँदै आएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top