बर्खामा चार अर्ब युनिट बिजुली बिहार पठाउन प्रस्ताव, हिउँदमा आयात गरिने

२६ भदौ ७८, आइतबार

२७ भदौ, काठमाडौं ।

Advertisement

नेपाल विद्युत् प्राधिकरणले बर्खामा नेपालमा खपत गरी बढिरहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत् आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत् आदान–प्रदानको प्रस्ताव गरेको छ ।

प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूबाट बर्खामा उत्पादित विद्युत् देशभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि बिहार स्टेट पावर होल्डिङ कम्पनी लिमिटेडसँग पारस्परिक मौसमी विद्युत् आदान–प्रदानको प्रस्ताव गरेको हो । नेपाल र भारतबीच सन् १९७१ देखि विद्युत् आदान–प्रदान हुँदै आएको छ ।

Advertisement

बर्खाका ६ महिना नेपालबाट विद्युत् बिहार पठाउने र हिउँदका ६ महिना उताबाट ल्याउने गरी पारस्परिक विद्युत् आदान–प्रदानको प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘बर्खाका महिनामा २४ सै घण्टा २ सय मेगावाट एवम् राति ११ बजेदेखि बिहान ६ बजेसम्म थप विद्युत् दिन सकिने र हिउँदमा उताबाट ल्याउने प्रस्ताव गरिएको छ, बर्खामा यताबाट पठाएको र हिउँदमा उताबाट ल्याएको परिमाणबीच फरक परेमा उपयुक्त विधिमार्फत विद्युत्को मूल्य तय गरिने छ’, घिसिङले भन्नुभयो, ‘यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन सकिएमा बर्खामा हाम्रोमा बढी भएको विद्युत् भारत पठाउन सकिन्छ भने अझै केही वर्ष हामीलाई हिउँदमा अपुग भारतबाट ल्याउन सकिन्छ, यदि पारस्परिक विद्युत् आदानप्रदानको यो मोडेल कार्यान्वयनमा ल्याउन सकिएमा दुई देशबीच विद्युत् कारोबारको कोशेढुङ्गा हुने छ, यसमा भारतीय पक्षको जवाफ सकारात्मक पाएका छौँ, केही दिनभित्रमा यसबारेमा निर्णय आउने विश्वास छ ।’

Advertisement

घिसिङकाअनुसार यस वर्षको बाँकी तीन महिनामा नेपालमा खपत गरेर बढी हुने झन्डै ७० करोड युनिट र अर्को वर्ष तीन अर्ब ७९ करोड युनिट ऊर्जा बिहारलाई दिन सकिने छ । हिउँदयाममा त्यति नै बराबरको विद्युत् आयात गर्न सकिन्छ । यसले गर्दा वर्खामा खेर जाने विद्युतको उच्चतम प्रयोग हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top