प्रतिनिधिसभा बैठक भदौ २९ गते बस्नेगरी स्थगित

प्रतिनिधिसभा बैठक भदौ २९ गते बस्नेगरी स्थगित

२७ भदौ, काठमाडौँ ।

संघीय संसदको नवौँ अधिवेशन अन्तर्गत आज बसेको प्रतिनिधि सभाको बैठक पनि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध सृजना गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

आज बसेको पहिलो र दोस्रो दुवै बैठकमा एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि बैठक स्थगित गरिएको हो ।

एमालेले कारवाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारवाही नगर्नुको कारण माग गर्दै एमालेले संसद बैठक अवरूद्ध गर्दै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.