ट्याक्सीमा टाँसिएका विज्ञापनको कर उठाइने

ट्याक्सीमा टाँसिएका विज्ञापनको कर उठाइने

काठमाडौं : ललितपुर महानगरपालिकाले विभिन्न कम्पनीको विज्ञापन राखेका ट्याक्सी चालकलाई नियन्त्रणमा लिएर करको दायरामा ल्याउने प्रयास थालेको छ । आइतरबार विभिन्न कम्पनीको विज्ञापन राखेर कर नतिर्ने चारवटा ट्याक्सीलाई ललितपुर महानगरले नियन्त्रणमा लिइएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।

सवारीसाधनमा व्यापारिक प्रायोजनका स्टिकर टाँस्नुअघि महानगरमा तोकिएको कर तिर्नुपर्ने हुन्छ । तर, महानगरमा कर नतिरी स्टिकर टाँसिएको फेला परेपछि चारवटा ट्याक्सीलाई नियन्त्रणमा लिएर करको दायरामा ल्याइएको उनले बताए ।

‘महानगरले सबैलाई करको दायरामा ल्याउन नगरको स्थानीय राजपत्रमा समेत प्रकाशित कानुनअनुसार सवारीसाधनमा विभिन्न कम्पनीको विज्ञापनका स्टिकर टाँस्दा अनिवार्य करको व्यवस्था गरिएको छ,’ हाछेथुले भने, ‘स्टिकर टाँसिएका ट्याक्सीले कर नतिरेको पाइएको थियो ।, यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.