यसरी पक्राउ परे अस्पतालमा बम राखेर तीन करोड फिरौती माग्ने व्यक्ति

२८ भदाै, काठमाडौं ।

धादिङका आशिष कुँवर काठमाडौँको नयाँ बानेश्वरस्थित मातृका आँखा अस्पतालमा एक महिनाअघि आँखाको उपचार गरेर फर्किएका थिए ।

अस्पताल राम्रो सञ्चालन भएको देखेपछि उनी र उनका भाइ अभिषेकले अस्पतालबाट पैसा निकाल्नसक्ने अनुमान लगाए । पैसाको अभाव भइरहेका बेला खर्चको जोहो हुने ठानेर उनीहरूले अस्पतालका चिकित्सकलाई तर्साउँदै फिरौती लिने योजना बनाए ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार सोही योजनामुताबिक उनीहरूले यही भदौ २४ गते अस्पतालमा बम राखेको भनी रु तीन करोड फिरौती मागे ।

चिकित्सकलाई आशिषले बारम्बार फोन गरी अस्पताल र घरमा समेत बम राखी पड्काई अस्पताल र घर परिवारसमेतलाई ध्वस्त पारी दिन्छौँ भनी धम्क्याएका थिए ।

अस्पताल र घर परिवार सुरक्षित राख्ने भए रु तीन करोड तयार गरी नागढुङ्गामा लिइआउनु भनेर तर्साएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताए। पछि उनीहरु रु दुई करोडमा झरेका थिए ।

उनीहरुले पैसा लिएर आफ्नो व्यक्तिगत खर्च टार्ने योजना बनाएको अनुसन्धानमा खुलेको सिंहले बताए । यद्यपि उनीहरुले विदेश जाने खर्चको जोहो गर्न फिरौती माग गरेको बुझिएको छ । आशिष विदेश जाने तयारीमा समेत रहेको बताइएको छ ।

उनीहरुले राखेको बम नेपाली सेनाले यसअघि नै निष्क्रिय बनाएको थियो । यद्यपि त्यो सक्कली हो या नक्कली भनेर सेनाले रिपोर्ट दिइनसकेको सिंहले बताउनुभयो ।

बम राखेको सूचना प्रहरीमा आएपछि परिसरले प्रहरी उपरीक्षकको नेतृत्वमा टोली परिचालन गरेको थियो । फिरौती रकम दिन तयार भएर प्रहरीले मिसन अपरेसन सुरु गर्‍यो । उनीहरुलाई पक्राउ गर्नु अगाडि नै योजना बनाएको प्रहरीले फिरौती दिन जाने बहानामा दाजुभाइलाई पक्राउ गर्न सफल भएको थियो ।

पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई काठमाडौँ बस्ने २५ वर्षका आशिष र उनका भाइ अभिषेक पक्राउ परे । उनीहरुको बयानका आधारमा रोल्पाका ४० वर्षीय अम्मरबहादुर रोक्का पनि पक्राउ परेको प्रहरीले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

उनीहरुलाई अहिले आपराधिक लाभ (एक्सटर्सन) मुद्दामा म्याद थप गरी थप अनुसन्धान थालेको परिसरले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top