एनआरएनएको निर्वाचन रोक्न सरकारको निर्देशन, छानबिन गर्दै परराष्ट्र

२९ भदौ, काठमाडौं ।

नेपाल सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र अधिवेशन रोक्न निर्देशन दिएको छ ।

परराष्ट्र मन्त्रालयले संघको निर्वाचन प्रक्रियामा भएका अनियमितताबारे छानबिन भइरहेको र छानबिन प्रतिवेदन नआउन्जेलसम्मका लागि निर्वाचनका काम रोक्न निर्देशन दिएको हो । गैरआवासीय नेपाली संघका महासचिव डा हेमराज शर्माले सरकारको पत्र पठाएको पुष्टि गर्दै संघले यसबारे छलफल गर्ने बताए ।

परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ, अन्तर्राष्टिय समन्वय परिषद्लाई सम्बोधन गर्दै २५ भदौमा जारी गरेको निर्देशन पत्रमा अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनसम्बन्धी बाँकी काम रोक्नु भनिएको छ ।

यसअघि निर्वाचन रोक्न माग गर्दै परराष्ट्र मन्त्रालयमा उजुरी परेको थियो । उजुरी छानबिन गर्न परराष्ट्रका सहसचिव भरतकुमार रेग्मीको संयोजकत्वमा तीन सदस्यीय अनुगमन समितिसमेत गठन पनि भएको छ ।

सरकारी निर्देशन पत्रमा अष्ट्रेलिया, जर्मनी, अमेरिका, न्यूजिल्याण्ड, बेल्जियम, स्वीडेन, नेदरल्याण्ड, डेनमार्क, पोर्चुगललगायतका मुलुकमा निर्वाचनमा अनियमितता भएकोबारे उजुरी परेको र ती देशका निर्वाचनबारे छानविन गरिने उल्लेख छ ।

पत्रमा एनआएएनए एनसीसी जापानको निर्वाचनमा भएको अनियमितताबारे सोधिएको पत्रको जवाफबारे प्रतिउत्तर नदिएको आरोप पनि एनआरएनए आइसीसीलाई लगाइएको छ ।

संघको १०औँ महाधिवेशन २३–२५ अक्टुबरमा तय भएको थियो । नयाँ नेतृत्वका लागि संघका उपाध्यक्षद्वय डा वद्री केसी, रविना थापा र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । संघको निर्वाचन अनलाइन माध्यमबाट हुने तयारी गरिएको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top