अमेरिकी सेनाको नाकै अगाडि बस्थेँ, तैपनि पक्राउ गर्न सकेनन् – तालिवान प्रवक्ता

२९ भदौ, काबुल ।

तालिवान प्रवत्ता जाबिहुल्लाह मुजाहिदले दुई दशक लामो द्वन्द्वमा आफूलाई प्रमुख दुस्मन ठान्ने अमेरिकाको नाकै अगाडि बस्दा पनि उसले पक्राउ गर्न नसकेको टिप्पणी गरेका छन् । युद्धमा अमेरिकाले आफूलाई ‘भूतजस्तै’ सोचेको भन्दै उनले अमेरिकी सेनामाथि व्यंग्य गरेका छन् ।

लामो समय भूमिगत रहेका मुजाहिदले उत्तरपश्चिम पाकिस्तानको नाउसेरास्थित हक्कानी विश्वविद्यालयमा अध्ययन गरेको बताए । उनले अध्ययन गरेको पाठशाालालाई ‘तालिवानको विश्वविद्यालय’समेत भनिन्छ ।

‘अमेरिका र अफगान फौजले मेरो अस्थित्व छ भनेर कहिल्यै सोचेन,’ पाकिस्तानको दी एस्सप्रेस ट्रिब्युनलाई दिएको एक अन्र्तवार्तामा उनले भनेका छन् । अमेरिकाले गरेको छापा र हमलाबाट आफू धेरै पटक बचेको उनले खुलासा गरेका छन् । ‘उनीहरुको छापा र पक्राउ प्रयासबाट म धेरै पटक जोगिए । अमेरिकीको दिमागमा जाबुहिल्ला मान्छे भन्दा पनि अर्कै प्राणी हो भन्ने थियो । ’ उनले भने ।

आफू अफगानिस्तानमा स्वतन्त्र ढंगले हिँडडुल गरेको उनले बताए । ‘म लामो समय राजधानी काबुलमा सबैको नाकै अगाडि बसेको थिए । म आनन्दले देशभर घुम्थे । युद्धको गोप्य र पहिलो सूचना पाउँथे । ’ उनले भने । ४३ वर्षे मुजाहिदले द्वन्द्व अवधिभर आफ्नो अनुहार सार्वजनिक गरेनन् । एजेन्सी

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top