सरकार नै विधानलाई तहसनहस बनाउने खेलमा लाग्यो– सिटौला

विराटनगर,असार ३१
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दुई तिहाईको दम्भमा सरकार संविधानलाई तहसनहस बनाउने खेलमा लागेको आरोप लगाएका छन् । विराटनगरमा शनिबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले सरकारकै आडमा मुलुकमा मनपरीतन्त्र मौलाउँदै गएको बताए ।

Advertisement

दुई तिहाईको बलमा सरकारले संविधान र कानुनविपरीतका काम गरिरहेको छ,” नेता सिटौलाले भने, “सरकारले प्रतिपक्षमा कांग्रेस छ भनेर बुझोस् । अब सरकार हुकुमी र तानाशाही शैलीमा अगाडि बढे कांग्रेसले प्रतिवाद गर्दछ ।” उनले प्रजातन्त्रका लागि २००७ सालदेखि लड्दै आएको कांग्रेसलाई कमजोर नठान्न कम्युनिष्ट सरकारलाई चेतावनीसमेत दिए ।

सरकारले संविधान र कानुनलाई गलत प्रयोग गरिरहेको उनको भनाइ थियो । समृद्धिको नारा कुनै पार्टी विशेषको नभएको उनको भनाइ थियो । लोकतान्त्रिक मूल्यमान्यतामा रहेर मुलुकको समग्र आर्थिक समृद्धि गर्ने संविधानमै उल्लेख भएको उनले बताए । “आर्थिक समृद्धि कुनै कम्युनिष्ट पार्टीको होइन, यो त संविधानमै उल्लेख छ,” उनले भने, “नेपाली जनताको अपमान हुने गरी सरकारले संविधानको प्रयोग गरिरहेको छ ।”

Advertisement

गठन भएको ६ महिना पनि नबित्दै सरकारप्रति गम्भीर आशंका उब्जिएको उनको कथन थियो । मुलुकको पछिल्लो घटनाक्रमले सरकारप्रति जनताको भरोसासमेत गिर्दै गएको सिटौलाले बताए । “प्राज्ञिक क्षेत्रको नेतृत्व गर्दै विदेश उड्न लागेको उपकुलपतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा गिरफ्तारीको शैलीमा बालुवाटार पु¥याइन्छ,” उनले भने, “अनि घन्टौंसम्म राखिन्छ र छोडिन्छ । यो कस्तो लोकतन्त्र हो ?” उपकुलपतिलाई अगाडि नै विदेश भ्रमण अस्वीकृत भएको जानकारी दिन सकिने उनले बताए । तर, सरकारले दम्भका भरमा अन्य कर्मचारी र प्राज्ञिक क्षेत्रलाई समेत त्रासमा राख्न खोजेको उनले आरोप लगाए ।

नेता सिटौलाले अहिले शिक्षा र स्वास्थ्यमा अराजकता आएको टिप्पणी गरे । स्थानीय तहले आफैं ऐन कानुन बनाउने र शिक्षा र स्वास्थ्यलाई आफ्नो पकडमा राख्ने काम गरिरहेको उनको भनाइ थियो । “स्थानीय तहमा जुन–जुन पार्टीले जितेका छन् उनीहरूले शिक्षा र स्वास्थ्यमा राजनीति हाबी गराउँदैछन्,” उनले भने, “केन्द्र सरकारले तुरुन्त विचार गरेन भने भयावह अवस्था सिर्जना हुन सक्छ ।”

Advertisement

सिटौलाले कांग्रेसमा गाउँ तहदेखि केन्द्रसम्म आमुल परिवर्तन आवश्यक रहेको विचार व्यक्त गरे । “समयको प्रवाहलाई कांग्रेसले बुभ्mन सकेको छैन,” उनले भने, “अब पनि समय र परिवर्तनको प्रवाहलाई बुझिएन भने कांग्रेस अवस्था कमजोर हुन्छ ।” नेतामा मात्रै होइन कार्यकर्तामा पनि परिवर्तन जरुरी रहेको उनले बताए । “ठूला नेताले मात्रै होइन गाउँ तहको कार्यकर्ताले पनि समयको माग र जनताको आवश्यकता बुभ्mनु प¥यो,” उनले भने ।

कार्यक्रममा केन्द्रीय सदस्य अमृत अर्याल, नेता अशोक कोइराला, सांसद केदार कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलगायतले सरकारले गरेका गलत कामका विरुद्ध कांग्रेसले सडक र सदनबाट आन्दोलन थाल्नुपर्नेमा जोड दिए । कार्यक्रममा कांग्रेसनिकट प्राध्यापक, बुद्धिजीवि, कानुन व्यवसायी, शिक्षक, व्यवसायीलगायतको सहभागिता थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top