२८ भदौ, काठमाडौँ ।
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन सोमबार प्रतितोलामा ३ सय रुपैयाँले बढेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ,। सोमबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

