×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

बादलले सेना, कर्मचारी र जनमतको अपमान गरेपछि भाँडभैलो

२० चैत्र २०८२

२० चैत , काठमाण्डौ ।

अध्यक्ष केपी शर्मा ओली प्रहरी हिरासतमा रहेका बेला नेकपा एमाले भित्र संसदीय दलको नेता चयन र प्रतिनिधिसभामा दिइएको अभिव्यक्तिलाई लिएर भाडभैलो मच्चिएको छ। संसदीय दलको नेतामा रामबहादुर थापा चयन भएपछि युवा पुस्ताका नेता सुहाङ नेम्वाङ लाई अवसर नदिएको भन्दै पार्टीभित्र असन्तुष्ट रहेका बेला बादलले हिजो संसदमा दिएको अभिब्यक्तिले आगोमा ध्यु थप्ने काम गरेको छ।

Advertisement
Advertisement

यसैको छिनोफानो गर्न आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । प्रतिनिधिसभाको बिहीबारको पहिलो बैठकमा कार्यावाहक उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ को अभिव्यक्तिलाई लिएर केही पदाधिकारीको दबाबमा आकस्मिक सचिवालय बैठक बोलाइएको हो ।

सचिवालय बैठक दिउँसो १ बजेलाई तय गरिएको छ । उपाध्यक्ष विष्णु पौडैलले बादलले बोलेको विषयमा पार्टीको नीति र मान्यताविपरीत रहेको प्रष्ट्याएका छन् । त्यस्तै अर्का उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले पनि बादलको प्रस्तुतिप्रति आलोचना गरेका छन् । उपाध्यक्ष पौडेलले आजको बैठकले गम्भीर छलफल गर्ने र उचित निर्णय लिने अपेक्षा गरेको बताएका छन् ।

बादलको अभिव्यक्ति शैली संसदीय मर्यादाविपरीत रहेको भन्दै एमालेमा आन्तरिक आलोचना बढेको छ । प्रतिनिधिसभा निर्वाचनपूर्व पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन गरेको एमाललेभित्र चुनावमा अपेक्षाकृत मत प्राप्त गर्न नसक्नुमा नेतृत्वको कार्यशैली र समग्र स्थितिबारे समीक्षा हुनुपर्ने आवाज उठिरहेकै थियो।

यसबिच पार्टीका अध्यक्ष एवंं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले हिरासतमा लिएको छ। त्यस विषयमा एमालेको नेतृत्व र असन्तुष्ट पक्षबिच करिब समान मत देखिएको थियो। अध्यक्ष ओली र तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई फौजदारी कार्यविधिको गलत व्याख्या गरेर पूर्वाग्रहपूर्वक नियन्त्रणमा लिइएको ठहर एमाले सचिवालय बैठकको छ।

त्यस्तै किसिमको प्रतिक्रिया पार्टीका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेलेलगायत नेताले दिएका छन्। संसदीय दलको नेतामा युवा पुस्ताका नेता सुहाङ नेम्वाङले दाबी गरे पनि पदाधिकारीहरूको दबाबमा नेम्वाङले उम्मेदवारी दर्ता गर्न नपाएको र उपाध्यक्ष थापा दलको नेता चयन भएको भन्दै पार्टीभित्र असन्तुष्टि छ।

खासगरी मुलुकमा युवा युस्ताले राजनीतिक अगुवाइ गर्नुपर्छ भन्ने भावनाले स्थान पाइरहेका बेला संसदीय दलमा युवा सांसद नेम्वाङलाई नेता चयन गर्ने अवसर नेतृत्वले गुमाएको एमालेभित्र कुरा उठेको छ। संसदीय दलको नेता चयनको सन्दर्भ सेलाउन नपाउँदै कार्यवाहक अध्यक्षसमेत रहेका नेता थापाले संसद्मा दिएको अभिव्यक्ति पार्टीको नीति र विचारसँग नमिल्दो भनी पार्टी भित्रैबाट आलोचना भएको छ।

नेता थापाले गत फागुन २१ गतेको निर्वाचनमा एमाले पराजय हुनुमा नेपाली सेना, कर्मचारी वर्ग, बारबरा फाउन्डेसन र विदेशी पक्षले भूमिका खेलेको आरोप लगाएका छन्। यस विषयमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव योगेश भट्टराईलगायतले पार्टीको स्थापित नीति र मान्यता विपरीतको विषय भएको भन्दै यसबारे पार्टीभित्र छलफल हुने प्रतिक्रिया दिएका छन्।

उपाध्यक्ष पौडेलले यस विषयमा शुक्रबार हुने केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने बताएका छन्। सचिवालय बैठकमा यो विषयमा ‘एजेन्डा’कै रूपमा छलफल हुने बताइएको छ। उपमहासचिव भट्टराईले एमालेको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)ले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र शान्तिपूर्ण तथा वैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण गरी समाजवादको आधार तयार गर्ने मान्यता बोक्ने पार्टी भएकाले जनताले प्रकट गरेको जनमतलाई सम्मान गर्नु र पराजयको ठोस समीक्षा गरी कमजोरीलाई सच्याएर पुनः जनविश्वास आर्जन गर्ने बाटोमा जानुपर्नेमा जोड दिएका छन्।

‘यो व्यवस्था ल्याउनमा मुख्य भूमिका खेलेको र संविधान निर्माणमा नेतृत्वकर्ता दल एमाले आज सरकारको विपक्षी दल हो तर राज्य पक्षीय दल हो। नेपाली सेना लगायतका सुरक्षा अङ्गहरू, न्यायालयलगायतका संवैधानिक अङ्गहरू र कर्मचारीतन्त्रप्रति हाम्रो पार्टीको कुनै पनि वैरभाव छैन। त्यसप्रति हाम्रो पार्टीको सम्मान र विश्वास रहिरहने छ। संसद् वा सड़क, सत्ता पक्ष वा प्रतिपक्ष कुनै पनि भूमिकामा पार्टीको यो धारणा यथावत् रहने छ,’ नेता भट्टराईले भनेका छन्।

दलको नेता चयनको बहस संसदीय दलको नेता चयनमा पार्टी नेतृत्वको हस्तक्षेप भएको भन्ने विषयमा भने बैठकभित्रको छलफलको वातावरणबाहिर टिप्पणी गरिए भन्दा भिन्न रहेको सहभागी नेताहरूको भनाइ छ। बुधबार भएको संसदीय दल र पार्टीका पदाधिकारीको संयुक्त बैठकले कार्यवाहक अध्यक्ष थापालाई सर्वसम्मत रूपमा नेता चयन गरेको थियो।

दलका नेता बादलले भदौ २३ र २४ गतेको घटना सम्बन्धमा विभिन्न प्रश्न उठाएका छन्। बिहीबार संसद बैठकमा सम्बोधन गर्नेक्रममा एमाले कार्यवाहक अध्यक्ष समेत रहेका बादलले भदौ २४ को घटना राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा भएको आरोप पनि लगाएका छन्। उनले रास्वपाले तिलस्मी विजय हासिल गर्नुमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय दृश्य अदृश्य शक्तिको हात रहेको पनि उल्लेख गरेका छन्।

नेपाली सेना र कर्मचारीले समेत रास्वपालाई चुनावमा सघाएको उनको अभिव्यक्ति विवादमा समेत परेको छ। एमालेकै कतिपय नेताहरूले उनको अभिव्यक्तिको आलोचना गर्दै भोलि बस्ने पार्टी सचिवालय बैठकमा त्यसको जवाफ माग्ने बताएका छन्। उनले भनेका छन्, नेपालमा मा भाद्र २३ र २४ गते अवैधानिक ढंगबाट राष्ट्रपाको अघोषित नेतृत्वमा ‘रग क्रान्ति’ सफलतापूर्वक सम्पन्न भयो। फागुन २१ गते आम निर्वाचन मार्फत निलोक्रान्तिलाई वैधानिकता प्रदान गरियो। चैत्र १३ गते भव्य धार्मिक अनुष्ठान सहित श्री बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथग्रहण गराइयो। यो ऐतिहासिक विजयका लागि रास्वपा तथा सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाहलाई म नेकपा (एमाले को तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु। यो अभूतपूर्व विजयमा आन्तरिक रूपमा क–कसको निर्णायक भूमिका रह्यो? तथ्यहरूले के स्पष्ट गर्दछन् भने मुख्यतः नेपाली सेना,ब्युरोक्रेसी,सुशीला सरकार,कार्की आयोग,बारबरा फाउन्डेसन आदि संस्था तथा पात्रहरूको यो विजयमा निर्णायक भूमिका रह्यो। त्यसैले, ती संस्था तथा पात्रहरूलाई म हरूलाई पनि म नेकपा (एमाले) को तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु।

उनले भनेका छन्, यो विजयका लागि बाह्य दृष्टिले ककसले निर्णायक भूमिका निर्वाह गरे? असंख्य तथ्यहरूले के स्पष्ट गर्दछन् भने, अदृश्य शक्तिहरू डिपस्टेट टिओबी एआई, अल्गोरिदम ,गोयवल्सहरू जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र संघीयता,धर्म निरपेक्षता, शान्ती र समृद्धिका नायकहरुलाई रबूखार ‘खलनायक’ र ‘हत्यारा’ को रुपमा स्थापित गरे, जसले सिंहदार जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरुलाई ‘महानायक’ बनाए ती संस्था तथा पात्रहरूले नै बाह्यरूपमा यो जादुमय विजयमा निर्णायक भूमिका निर्वाह गरे। त्यसैले,यस ऐतिहासिक क्षणमा म ती सबैलाई पनि नेकपा (एमाले) को तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु।

यो चमत्कारिक विजयले केही असाधारण प्रश्नहरु जन्माएको भन्दै उनले ८ प्रश्न उठाएका छन् :

१. कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शितल निवास, बालुवाटार, सर्वोच्च अदालत, राजनीतिक नेतृत्व र निजी निवास, प्रहरी चौकी,व्यावसायिक प्रतिष्ठान आदि सुनियोजित ढंगबाट जलाइयो?

२. कुन उद्देश्य प्राप्तिका लागि कसले ती अबोध विद्यार्थीहरूलाई निषेदिक क्षेत्र तोड्न उक्साइयो?

३. कुन उद्देश्य प्राप्तिका लागि हतियारबद्ध TOB हरु २३्२४ गते तिलस्मीरुपमा प्रकट भए?

४. कुन उद्देश्य प्राप्तिका लागि गैरकानुनीयिढंगबाट पूर्व प्रधानमन्त्री तथा गृहमन्त्रीहरूलाई गिरफ्तार गरियो?

५.कुन उद्देश्य पुर्ति गर्न राजनीतिक नेतृत्वहरूलाई गिरफ्तार गर्ने प्रपञ्च रचिँदै छ ?

६.कुन उद्देश्य पूर्तिका लागि देशव्यापी दमनचक्र र राज्य आतंक मचाउँदै छ?

७. कुन उद्देश्य प्राप्तिका लागि विद्यार्थी तथा पेशाकर्मीहरूको सङ्गठित हुने ‘मौलिक अधिकार’ बलात खोसिँदै छ?

८.कुन उद्देश्यका लागि : MEDIA TRAIL CYBER आतंक सिर्जना गरिँदैछ?

निश्चय पनि भविष्यले यसको सही जवाफ दिँदै जानेछ। तर यी प्रश्नहरु र यस्तै–यस्तै प्रश्नहरु हामी सम्पूर्ण ताकत सहित राज्यलाई सोध्ने छौं,निरन्तर यो गरिमामय सदनमा हाम्रो आवाज घन्काउने छौं। यो ऐतिहासिक क्षणमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने ‘जनादेश’ बोकेर आउनु भएका नेपाली कांग्रेस, नेकपा (एमाले),नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा र स्वतन्त्र माननीय ज्यूहरूलाई पनि धेरै धेरै बधाई÷शुभकामना भन्न चाहन्छु।

अन्त्यमा, उनले भनेका छन्, यो अभूतपूर्व विजयले पराजित पक्षलाई पनि गम्भीर शिक्षा दिएको छ। यसले आफ्नो कमजोरीहरुलाई सचाउने ‘अवसर’ दिएको छ। यो पराजय फगत अस्थायी हो।पराजित सेनाले छिटै सिक्दछं। उसले पराजयलाई छिट्टै विजयमा बदल्न सक्दछ।

बादलको यो अभिब्यक्तिको पार्टी वरिष्ठ नेताहरुले आलोचना गरिरहेका बेला सचिव महेश बस्नेतले भने आफ्नै धारणा संसदमा उठाएको भन्दै खुशी ब्यक्त गरेका छन् । उनले लेखेका छन्, मैले निरन्तर उठाउँदै आएको विषय आज सदनमा नेकपा एमाले संसदिय दलका नेता राम बहादुर थापा बादल ले व्यक्त गर्नुभएको धारणा सँग ठ्याक्कै मेल खाएको छ।

Advertisement

यसले पुष्टि गर्छ कि हाम्रो उठान केवल व्यक्तिगत अभिव्यक्ति होइन, यथार्थमा आधारित साझा राजनीतिक दृष्टिकोण हो। संकटको घडीमा पार्टीलाई विधि, प्रक्रिया र सुदृढ एकताको आधारमा अगाडि बढाउनु आवश्यक छ। आफ्ना विचारहरू सार्वजनिक रूपमा होइन, कमिटीका बैठकहरूमा राखौं—त्यही नै जिम्मेवार र अनुशासित राजनीतिक अभ्यास हो।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top