×

NEPAL TIMES UPDATES

Playing
अमेरिकी दुई लडाकु विमान आकाशमा ठो किएर खसे || Nepal Times
May 18, 2026
Playing
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, ७३ खेलमा १५० विकेट|| Nepal Times
May 18, 2026
Playing
श्रम संस्कृतिले रोस्ट्रम घेरेर प्रधानमन्त्रीले विरोध गर्याे,सभामुखले दिए चेतावनी|| Nepal Times
May 18, 2026
Playing
यूएईको आणविक प्लान्टमा ह म ला, साउदीले खसाल्यो ३ ड्रो न|| Nepal Times
May 18, 2026
Playing
६ वर्षीया बालिकाको अप हर ण र ह त्या गर्ने सपना दोस्रोपटक जेलबाट कसरी भागिन् ? || Nepal Times
May 18, 2026
Playing
सुधनमाथि आजदेखि छानबिन,क्लिनचिट पाए फेरि गृहमन्त्री || Nepal Times
May 18, 2026
Playing
एकदिवसीय मान्यता जोगाउन आज नेपालले जित्नैपर्ने || Nepal Times
May 18, 2026
Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026
Playing
UFO बाट ४ एलियन निकालिएको अनुसन्धानकर्ताको दाबी, कति सत्यता ?|| Nepal Times
May 17, 2026
Playing
विश्व कीर्तिमानधारी कामिरिता र लाक्पा शेर्पालाई प्रधानमन्त्रीको सम्मान || Nepal Times
May 17, 2026

सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, १५० विकेट

४ जेष्ठ २०८३

४ जेठ , काठमाण्डौ ।

नेपाली लेग स्पिन सन्दीप लामिछानेले एक दिवसीय क्रिकेटमा १५० विकेट पूरा गर्दै दुर्लभ विश्व कीर्तिमान बनाएका छन् । उनले मात्र ७३ खेलमा १५० विकेट लिँदै सर्वाधिक छिटो विकेट लिने खेलाडीको रेकर्ड बनाएका हुन् । सोमबार त्रिवि मैदानमा स्कटल्यान्डको दुई विकेट लिँदै सन्दीपले यो कोशेढुंगा पूरा गरेका हुन् ।

Advertisement
Advertisement

नेपालका लागि सन्दीप लामिछानेले स्कटल्यान्डविरुद्ध समग्रमा आज तीन विकेट लिएका छन् । लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने नयाँ विश्व कीर्तिमान कायम गरेका हुन्। उनले अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको नाममा रहेको वर्षौँ पुरानो रेकर्ड तोड्दै विश्व क्रिकेटमा नेपालको नाम लेखाएका हुन्।

यसअघि यो कीर्तिमान अस्ट्रेलियाका स्टार बलर मिचेल स्टार्कको नाममा थियो, जसले ७७ खेलमा १५० विकेट लिएका थिए। स्टार्कको भन्दा ४ खेल कम खेल्दै सन्दीपले यो जादुमयी सफलता आफ्नो नाममा लेखाउन सफल भएका हुन्। नेपाली क्रिकेट इतिहासकै यो अर्को सबैभन्दा ठूलो र ऐतिहासिक उपलब्धि हो।

सन्दीपको विश्वकीर्तिमानमा नेपाल क्रिकेट संघ क्यानका सचिव तथा नेपाल क्रिकेट टिमका पूर्वकप्तान पारसले शुखी साँटेका छन् । उनले सामाजिक संजालमार्फत विश्व कीर्तिमानका लागि बधाई दिँदै अघि बढ्दै जान शुभकामना दिएका छन् ।

एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो विकेटको शतक (१०० विकेट) पूरा गर्ने कीर्तिमान पनि सन्दीपकै नाममा सुरक्षित छ। उनले सन् २०२३ को अप्रिलमा ओमानविरुद्धको खेलका क्रममा आफ्नो ४२औँ खेल खेल्दै १०० ओडीआई विकेट पूरा गरेका थिए। त्यसअघि उक्त कीर्तिमान अफगानिस्तानका स्पिनर राशिद खानको नाममा थियो।

राशिदले ४४ खेलमा १०० विकेट लिएको रेकर्डलाई सन्दीपले ४२ खेलमै भङ्ग गरेका थिए। १०० विकेटपछि १५० विकेटको दौडमा पनि विश्वका दिग्गज बलरलाई पछि पार्दै सन्दीपले नेपाली क्रिकेटलाई वैश्विक मञ्चमा नयाँ उचाइ दिएका छन्। आफ्नो मेहनत, संघर्ष र उत्कृष्ट खेलद्वारा फेरि एकपटक नेपाललाई विश्वसामु चिनाउन सफल भएको भन्दै उनका समर्थकहरुले पनि सन्दीपलाई बधाई दिइरहेका छन् ।

यता नेपाली बलरहरु चम्किदा स्कटल्याण्ड नेपाल सामू १९४ रनमा समेटिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा स्कटल्याण्डले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको स्कटल्याण्ड ३९.१ ओभरमा १९४ रनमै अलआउट भयो। ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७७ रन बनाउँदा माइकल लिस्कले पनि अर्धशतक बनाए।

उनले यस्तै, जर्ज मुन्सीले २१ तथा मार्क वाटले २० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङतर्फ नेपालका ललित राजवंशीले चार तथा सन्दीप लामिछानेले तीन विकेट लिँदा नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले एक–एक सफलता हात पारे।

आज ४ विकेट लिएका ललित राजवंशीले नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका छन् । स्कटल्यान्डविरुद्ध दुई विकेट लिँदै ललितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गरेका हुन् । योसँगै ललित नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट लिने पाँचौँ क्रिकेटर बनेका छन् ।

उनको कुल विकेट भने ५२ पुगेको छ । यसअघि नेपालका सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी र उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५० विकेट लिएका थिए । उनीहरूले क्रमशः १५१, ९८, ९५ र ५१ विकेट लिएका छन् । पहिलो खेलमा नेपाल डीएलएस पद्धतिका आधारमा दुई रनले स्तब्ध भएको थियो ।

Advertisement
Advertisement

शीर्ष चारको सम्भावना जीवितै राख्न नेपाललाई जित्नै पर्ने दबाब छ । यो खेलमा जित निकाल्न सके नेपाल पाँचौँ स्थानमा उक्लिने छ । नेपाल हाल २६ खेलबाट २० अंकका साथ सातौँ स्थानमा छ । यता, स्कटल्याण्ड पनि जितको लय कायम राख्दै शीर्षस्थानमा अग्रता बढाउने लक्ष्यमा छ । स्कटल्याण्डले ३० खेलबाट ३८ अंक जोडेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top