सभामुखले बोलाएको बैठकमा एमाले अध्यक्ष ओली सहभागी नहुने

२७ भदौ ७८, सोमबार

२८ भदौ, काठमाडौं ।

Advertisement

संसदको गतिरोध अन्त्य गर्न भन्दै सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सहभागी नहुने भएका छन्।

सभामुखले प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतमा ओलीलाई व्यक्तिगत पत्र पठाएर निम्ता गरेका थिए।

Advertisement

आजका लागि बोाइएको बैठकमा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई सहभागी हुने एक नेता बताए।

सभामुखले आफू अध्यक्ष रहेको संवैधानिक परिषद् बैठक पटक–पटक बहिष्कार गरेको भन्दै ओली नेकपा कालदेखि नै सभामुखसँग असन्तुष्ट छन्।

Advertisement

एमालेले सदन अवरोध जाारी राखेपछि सभामुखले निकासका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top