तीन महिना पनि टिकेन कालोपत्रे सडक

२७ भदौ ७८, सोमबार

२८ भदौ, कपिलवस्तु ।

कृष्णनगर नगरपालिका–५ पुरुषोत्तमपुरका स्थानीय गाउँमा कालोपत्रे सडक निर्माण भएपछि खुसी भएका थिए । तर उनीहरूको खुसी तीन महिना पनि टिकेन ।

दशकौँदेखि आशा गरेको विकास तीन महिना पनि नटिकेपछि स्थानीय दुःखी भएका छन् । नगरपालिकाको पुरुषोत्तमपुरदेखि बगी जोड्ने नौ सय मिटर लामो सडक निर्माणसँगै भत्किएको स्थानीय मनिष गुप्ताले बताए ।

पालिकाले ७६ लाख ९० हजार रुपैयाँको लागतमा साढे ५ मिटर चौडा सडक निर्माण गरेको थियो । निर्माण भएको सडकको दुई ठाउँमा भत्किएको छ ।केही दिनअघि कालोपत्रे सडकमा घाँस उम्रिएको र सडक भत्किएको कुरा सामाजिक सञ्जालमा आएपछि सम्बन्धित ठेकेदारले घाँस उम्रिएको र भत्किएको सडकको पुनः मर्मत गरेको स्थानीयले जानकारी गराएका छन् ।

कृष्णनगर नगरपालिकाका इन्जिनियर प्रदीपकुमार चौधरीले निर्माण कम्पनी कृति कन्स्ट्रक्सनलाई मर्मतका लागि पत्राचार गरेको बताए । निर्माण सम्पन्न भएको एक वर्षभित्र यदि उक्त सडक भत्किएमा पुनः निर्माणको जिम्मा सम्बन्धित ठेकेदारको नै रहेको उनको भनाइ छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top