×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

फाल्गुनन्द गाउँपालिकाको तेस्रो गाउँसभा

३१ असार २०७५

पाँचथर, असार ३१

फाल्गुनन्द गाउँपालिकाको तेस्रो गाउँ सभाले सडक, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा लगायतका विषयलाई पहिलो प्राथामिकतामा दिएको छ । आफ्नो क्षेत्रलाई गरिबी निवारणोन्मुख गाउँपालिका बनाउन गाउँवासीलाई मिनी टिलर लगायतका आधुनिक कृषि औजार वितरण गर्ने तथा कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायिकीकरणका लागि कृषकलाई प्लास्टिक टनेल, थोपा सिँचाइ पाइप, क्यारेट, बीउबिजन आदि वितरण गरिने प्रमुख अमरकुमार नेम्बाङ्गले जानकारी दिए ।

Advertisement
Advertisement

यस्तै युवा तथा महिलालाई स्वरोजगारमार्फत आत्मनिर्भर बनाउने, गाउँपालिकाभित्र रहेका बाँझो जग्गाको तथ्याङ्क संकलन गरी उक्त जग्गाको उपयुक्त व्यवस्थापन र प्रयोगका लागि कृषकलाई प्रोत्साहन, खेलमैदान, अस्पताल तथा ब्यायामशाला निर्माण गरिने पनि सो अवसरमा जनाइएको थियो ।

प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङवो मौसमले उक्त सभा शुभारम्भ गर्दै अबको ५ वर्षभित्र प्रदेश नं १ लाई समृद्ध बनाएर छोड्ने बताए ।

प्रदेश नं १ को सरकारले सडक, कृषि, पर्यटन, सिँचाइ, भौतिक पूर्वाधार विकास लगायतका विषयमा प्राथामिकता दिएर अघि बढ्नेमा जोड दिँदै उनले अब प्रत्येक टोलटोलसम्म विद्युतीकरण गरेर प्रदेश नं १ लाई उज्यालो प्रदेश निर्माण गर्ने चर्चा गरे । मन्त्री मौसमले पाँचथरमा मात्रै रू एक अर्ब जतिको बजेट आब ०७५/७६ का लागि विनियोजन गरेको पनि बताए ।

Advertisement

रासस

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top