×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पूर्वन्यायाधीशहरूलाई अन्तर्वार्ता दिन र लेख लेख्न रोक्न नहुने भन्दै सर्वोच्चमा रिट

२८ भाद्र २०७८

२८ भदाै, काठमाडौँ ।

 पूर्वन्यायाधीशहरूलाई अभिव्यक्ति स्वतन्त्रता र मौलिक हकमा रोक लगाइएको भन्दै पूर्वन्यायाधीश बलराम केसी सर्वोच्च अदालत पुगेका छन् । पूर्वन्यायाधीशहरूलाई अन्तर्वार्ता दिन र लेख लेख्न रोक नलगाइएको भन्दै वारेस सुशील श्रेष्ठमार्फत केसीले साेमबार निवेदन दर्ता गराएका हुन् ।

Advertisement
Advertisement

सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४७ (१) र (२) बमोजिम सरोकारवालाको हैसियतले प्रस्तुत मुद्दामा आफूलाई सरिक गराउन भन्दै केसीले रिट निवेदन दिएका हुन् ।आफूलाई नेपालको नागरिक भएकोले धारा १७ (२) (क) को विचार र अभिव्यक्ति स्वतन्त्रताको मौलिक हक प्राप्त भएको न्यायाधीश केसीको रिट निवेदनमा उल्लेख छ ।

केसीले ‘इन्टरभेनर’ (निवेदक सरिक हुने)को विचार र अभिव्यक्तिको स्वतन्त्रता संविधानले नै सर्वोच्च अदालतको पूर्वन्यायाधीशलाई प्राप्त हुने छैन भनेको अवस्थामा बाहेक ‘इन्टरभेनर’ लाई अन्तर्वार्ता दिएर वा लेख लेखेर आफ्नो स्वतन्त्रता प्रयोग गर्ने मौलिक हक प्राप्त भएको  बताएका छन् । उनकाे रिटमा भनिएको छ, ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता मानव जातिको महत्त्वपूर्ण अधिकार हो । यो अधिकार खोसी दिने हो भने सबै मानिसको जीवन मानव जीवन हुँदैन । जनावरतुल्य हुन्छ ।’

प्रधानन्यायाधीश विना संवैधानिक इजलास नबस्न आदेश दिँदै न्यायाधीश हरि फुयालको एकल इजलासले पूर्वप्रधानन्यायाधीशको अभिव्यक्ति र सञ्चार माध्यममा भएको बहसबारे पनि बोलेको थियो ।

उक्त आदेशले आफूहरुलाई समेत विचार व्यक्त गर्न र धारणा राख्न नियन्त्रण गर्न खोजेको भन्दै सर्वोच्चकै पूर्वन्यायाधीश केसी निवेदन लिएर पुगेका हुन् । उनले न्यायाधीश फुयालको इजलासले दिएको आदेश खारेजीको माग गरेका छन् ।

Advertisement

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top