×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

एमसीसी कुनै हालतमा लागु हुन दिन्नौं: विप्लव

२८ भाद्र २०७८

२८ भदौ, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै हालतमा लागू हुन नदिने बताएका छन् ।

Advertisement
Advertisement

सोमबार खुलामञ्चमा आयोजित विरोध सभामा पानीले भिन्दै सम्बोधन गरेका विप्लवले पार्टी प्रतिबन्धमा रहेका बेला नै यो सम्झौता अध्ययन गरेको भन्दै कुनै हालतमा लागू हुन नदिने बताएका हुन् । उनले अघि भने, ‘यो सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा छ ।’

अमेरिकाले जुन देशबाट आफ्नो राष्ट्रिय सुरक्षामा चुनौती हुन्छ, त्यहीँ एमसीसी लागू गर्ने गरेको उनले बताए । नेपालमा पनि लप्सीफेदीदेखि सुगौलीसम्म बनाइने विद्युतका टावरको सुरक्षा खतराका नाममा अमेरिकी फौज नेपाल आउने खतरा देखिएको विप्लवले बताए ।

उनले  भने, ‘आज त हामी एउटा सानो झिल्को बोकेर काठमाडौंमा उत्रिएका छौं । यदि एमसीसी जबरजस्ती पास गर्न खोजियो भने यो झिल्को राँको बन्छ ।’

उनले आफूहरुले प्रतिबन्ध झेल्ने क्रममा १२ जना साथीहरु गुमाएको पनि उनले बताए । ‘१२ जना कमरेडहरूको रगत मिसाएर यहाँ आएका छौं । २५ सय योद्धाको बन्दी जीवन भोगेर आएका छौं । तीन हजार भन्दा धेरै मुद्दा खेपेर आउँदैछौं’, उनले थपे, ‘हामीले उतिबेलै प्रतिबन्ध गलत छ भनेका थियौँ । तपाईंहरुको प्रतिबन्ध ठीक थिएन । तर हामी नयाँ प्रक्रियामा आएर तीन बुँदे सहमति भयो ।’

Advertisement

उनले शान्ति वार्तामा आएपछि पनि शंका गरिएको बताए । ‘हामीलाई वार्तामा त आउनु भयो तर बन्दुक खोइ भनेर सोधियो’, उनले भने, ‘अहिले हामीसँग बन्दुकको कुरा नगर्नु । हामीसँग जनताको तागत छ । जनताको तागत बम र गोलीभन्दा बलियो हुन्छ ।’

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top